सुनसरी । वैशाख सुक्ल पूर्णीमा अर्थात उभौलि चाडको विषेश दिन । आज पूर्वी नेपालको जिल्लाहरुमा सघन बसोबास रहेको किराती समुदायद्धारा साकेला उभौली धुमधामताका साथ मनाएर उभौलीलाइ विधिवत रुपमा स्वागत गरिएको छ ।
प्रकृति र पुर्खा पुजक किरात राइ समुदायले वर्षमा दुइपटक उभौली र उधौली चाड धुमधामताका साथ मनाउने गर्दछन् । यस वर्षको साकेला उभौलीलाइ आज विभिन्र स्थानका साकेलाथान तथा भुमेथानमा विषेश पुजाआज सहित साकेला सिली प्रर्दशन गरिएको छ ।
मौसम परिवर्तनसंगै प्रकृतिमा रहेका वनजङ्गल , रुखविरुवा , वनस्पतिहरुले नया पालुवा हाल्न सुरु गर्ने , हिमालको शिरदेखि बगेको नदि , खोलानालाको माछाको कुरहरु , तथा कर्याङकुरुङ जस्ता चराहरु उभो लेकतिर जान सुरु गर्ने समयलाइ उभौली जनाइन्छ ।
जसअनुरुप आज सुनसरीको इटहरीको पनि वृहत रुपमा साकेला उभौली मनाइएको छ । करीब एक महिनासम्म मनाइने उभौली साकेलामा नया लगाइएका अन्रबालीको उत्पादन वृद्धि होस् , मनुस्य जातिको कल्याण होस् भनेर पूर्खा प्रकृति र सिमेभुमेसंग बल मागेर साकेलाको पुजा गरिन्छ ।




















