इटहरी । शिक्षा मात्र नभएर अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको सुष्मा सेकेण्डरी स्कुलले विद्यार्थीहरुको नेतृत्व चैन गर्न निर्वाचनको आयोजना गरेको छ । 

स्कुलले निर्वाचन प्रक्रिया अन्र्तगत मतदाता नामवली प्रकाशन, चुनाव चिन्ह वितरण गरिएको थियो भने  आइतबार स्कुल परिसरमै निर्वाचन प्रक्रिया पुरा गरि विद्यार्थीहरुले भोट हाल्ने कार्यक्रम सम्पन्न गरिएको छ । 

विद्यालयमा अध्यनरत ५ सय  विद्यार्थी मध्ये कक्षा ५ देखि १० सम्मका ३४० जना विद्यार्थीहरु मतदाता रहेका छन भने ५४ जना उमेद्वार मध्ये १६ जना निर्वाचित हुने छन ।

 नव निर्वाचितहरुलाई १ वर्ष कार्यकालको लागि सफत ग्रहण गराइ पदस्थापन गराइने छ । 

यस्तै , स्कुलका हेड र अन्य विभिन्न पदको लागी निर्वाचन गराइएको साथै निर्वाचन प्रक्रिया गराउने विद्यार्थीहरुको पाठ्यक्रममानै भएकाले जसमा विद्यार्थीहरुलाई पढाउने भन्दा पनि पुर्ण निवार्चन प्रक्रिया नामकन गरी प्रत्यक्ष अभ्यास गराइएको हो ।

जसले गर्दा निर्वाचनमा मत बदर रोक्ने र मतपत्र पट्यनउदा लदबद नहोस भनेर अहिले देसख नै विद्यार्थीहरुलाई यो प्रक्रियाले विद्यार्थीहरुमा पनी अभ्यास प्राक्टिकल गराइएको शिक्षक राहुल रायले बताए । 

विद्यालयमा प्ले गु्रप देखि कक्षा १० सम्मका विद्यार्थीहरु लाई  पठनपाठन गराउनुका साथै योग शिक्षा, म्युजिक शिक्षा, गायन शिक्षा र खेलकुद लगाएतमा पनि विद्यालयले विद्यार्थीहरुलाइ दक्ष बनाउदै आइरहेको छ ।