विराटनगर । सशस्त्र प्रहरी बल नेपालका १६ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) को सरुवा भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका डिआइजी अञ्जनी कुमार पोखरेलको स्टाफ कलेजमा सरुवा भएको छ ।   गृह मन्त्रालयले गरेको सरुवामा पोखरेललाई एपिएफ कमान्ड तथा स्टाफ कलेज, काठमाडौैमा सरुवा भएको हो ।  उनको सरुवा भएको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा रहेका डिआइजी शम्भु सुवेदीलाई सरुवा गरिएको छ।  मन्त्री स्तरीय निर्णयबाट १६ जना डिआइजीको सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।  यो निर्णयसँगै सशस्त्र प्रहरीका बाहिनी पतिहरू परिवर्तन भएका छन्।

मकवानपुरको गढीमाई बाहिनीमा गणेशबहादुर ठाडा मगर सरुवा भएका छन्। रुपन्देहीको विन्दवासिनी बाहिनीमा अभिकुमार खत्री, कास्कीको मुक्तिनाथ बाहिनीमा कुलबहादुर नेम्बाङ र महेश्वरी बाहिनी सुर्खेतमा दुर्गाप्रसाद भट्टराई सरुवा भएका छन् ।  यस्तै सुनसरीको बराह बाहिनीमा शम्भु सुवेदी, महोत्तरीको छिन्नमस्ता बाहिनीमा कालीदास धौबजी र कैलालीको वैद्यनाथ बाहिनीमा दीपक अधिकारीलाई सरुवा गरिएको छ।