रामधुनी । सहकारी सम्वन्धी व्यवस्थापकीय सुचना प्रणालीलाई व्यवस्थित वनाउने उद्धेश्यले सुनसरीको रामधुनी नगरपालिकामा नगर स्तरीय सहकारी कोपोमिस पुनर्ताजगी तालिम सम्पन्न भएको छ ।

दिगो सामाजिक, आर्थिक, पर्यावरणिय समाज रामधुरीकोे आयोजना तथा रामधुनी नगर पालिकाको सहयोगमा भएको तालिममा नगरक्षेत्रमा रहेका सहकारीहरुलाई प्रतिवेदन तयार पार्ने र पालिका लगायतका निकायहरुमा पठाउने विषयमा दक्षता प्रदान गर्ने उद्धेश्यले सञ्चालित तिन दिने तालिम सम्पन्न भएको हो ।

 बैशाख १८ गते देखि २० गते सम्म भएको तालिममा सहकारीहरुले डाटा कसरी राख्ने ,कसरी पालिकाहरुलाई पठाउने लगायतका सहकारी सम्वन्धी व्यवस्थापकिय पक्षहरुका विषयमा इटहरी उपमहानगर पालिकाका सहकारी अधिकृत सुमन पौडेलले सहजिकरण गरेका थिए ।WhatsApp Image 2024-05-02 at 15.58.43 

दिगो सामाजिक, आर्थिक, पर्यावरणिय समाजका अध्यक्ष गणेश कुमार पौडेलकोे अध्यक्षतामा भएको तालिममा रामधुनी नगरपालिका क्षेत्रका ३० वटा सहकारीहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

रामधुनी नगरपालिकाकी उप प्रमुख तारा थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रामधुनी नगरपालिका एकका वडा अध्यक्ष महेश कुमार चौधरी लगायतको सहभागिता रहेको थियो ।