इटहरी । नेपाली भाषा साहित्यका साथै गीत संगीतका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै स्वर्गीय  धरणीधर दाहालको ९७औं जन्म जयन्तीको अवसर पारेर चुडामणी बन्धु र बुलु मुकारुगंलाई जनही ५०,५० हजार रासीको धरणीधर दाहाल स्मृति पुरस्कारबाट अभिनन्दन गरिएको छ ।

   इटहरी साहित्यिक समुहको आयोजना तथा धरणीधर दाहाल स्मृति प्रतिष्ठानको सह आयोजनामा चुडामणी बन्धु र बुलु मुकारुगंलाई नगद ५० हजार नगद पुरस्कार सहित ताम्रपत्रले कार्यक्रमका प्रमुख अथिती इटहरी उपमहानगरपालिका नगर प्रमुख हेमकर्ण पौडेलले अभिनन्दन गरेका हुन ।

  नेपाली  भाषा ,साहित्य, कला , पत्रकारिता तथा समाजसेवामा महत्वपुर्ण योगदान पुर्याउने देश तथा विदेशमा रहने व्यक्तित्वहरुलाई स्वर्गीय धरणीधर दाहालको जन्मजयन्तीका अवसरमा प्रतिष्ठानले वि.सं.२०७१साल देखि  पुस्कृत र सम्मान गर्दै आएको छ ।20240217_121351

अघिल्लो वर्ष स्वर्गीय धरणीधर दाहालको ९६औं जन्मजयन्तीका अवसरमा साहित्यकार लिलवहादुर क्षेत्री र निसहाय बालबालिका सेवा आश्रमकी सञ्चालिका गीता गौतमलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।

  धरणीधर सांस्कृतिक केन्द्र म्याट्रिक्समा आयोजित कार्यक्रम इटहरी साहित्यिक समुहका अध्यक्ष हेमन्त गौतमको अध्यक्षतामा भएको थियो ।20240217_121250

 सो कार्यक्रममा  प्रमुख वक्ता डा. रामजी तिम्सिनाले स्वर्गीय धरणीधर दाहालका विषयमा प्रकास पारेको प्रतिष्ठानका अध्यक्ष ज्ञानेन्द्र दाहालले जानकारी दिए सोही अवसरमा विद्यार्थीहरुले स्वर्गीय दाहालले लेखेका गीत तथा कविताहरु प्रस्तुत गरेका थिए । 

 कार्यक्रममा नागरिक समाज इटहरीकी अध्यक्ष बालिका भट्टराई , धरणीधर सांस्कृतिक केन्द्र म्याट्रिक्सका अध्यक्ष विक्रम श्रि ,संगित साधना प्रतिष्ठानका अध्यक्ष राम खड्का,महासचिव राजु केसी, साहित्यकार प्रा.डा. बद्रिविशाल पोखरेल, कृष्ण अधिकारी , लेखनाथ घिमीरे लगायतका अथितीहरुको सहभागिता रहेको थियो ।