इटहरी । आज माघ शुक्लपञ्चमी विद्याकी देवी सरस्वतीको विशेष पुजा अर्चना गरी सुनसरी जिल्लाका शैक्षिक प्रतिष्ठाहरुमा पनि श्रीपञ्चमी पर्व धुमधामका साथ मनाइदै छ ।

       विद्यासंग जोडिएकी देवीको पुजा अर्चना गरिने विशेष पर्वका रुपमा आजका दिनलाई लिने गरिन्छ । आजका दिन साना वालवालिकाहरुलाई अक्षर चिनाउने र सिकाउने प्रचलनसँगै शैक्षिक संस्थाहरु साथै सरस्वतीको मन्दिरमा विशेष पूजाअर्चना गर्ने गरिए झै यस वर्ष पनि धुमधामका साथै सरस्वती पुजा गरिएको  हो ।

     विहानैदेखि विद्यार्थीहरुले भक्तिपूर्वक सरस्वती वन्दना गायन र फूलमाला अर्पण गरेर शिक्षा प्राप्तीका लागि कामना गर्दै विशेष पुजा गर्ने प्रचलन अनुसार नै सुनसरीको इटहरीमा रहेका जनता माध्यमिक विद्यालयमा पनि विद्याकी देवी सरस्वतीको पुजाअर्चना गरेका छन । विद्यालयमा विद्यार्थीहरु विहानै देखि सहभागी भएर पुजा अर्चना गरेको र विद्यालयमा ३२ हाराहारीमा विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देलले जानकारी दिए ।

 जनता मावि संगै सुनसरीका अन्य शैक्षिक संस्थाहरुमा पनि  सरस्वतिको पुजा अर्चना गरियो । ।WhatsApp Image 2024-02-14 at 16.34.49 (1)

 विद्याकी देवी सरस्वतीलाई खुशी वनाउनका लागि विद्यार्थीहरुले नाचगानसँगै शैक्षिक संस्थाहरुमा विविध सांस्कृतिक कार्यक्रमहरु समेत गरेका छन् । विहानैदेखि विद्यालयका शिक्षक र विद्यार्थीहरुले आफु पढ्ने पठाउने विद्यालय र क्याम्पसमा पूजापाठ गरि रहेका छन् ।

        विद्यालय वाहेक विद्या र र्सिजनाका क्षेत्रमा काम गर्नेहरु पत्रकार ,साहित्यकार लगायतले पनि आआफ्नो कार्यथलोमा पाठ्यपुस्तक लगायतका सिप र शिक्षा आर्जन गर्ने उपकरणहरु समेत पूजा गरेर सरस्वतीकोपूजाअर्चना गरेर सरस्वती पुजा गरेका छन ।