इटहरी । सुनसरीको इटहरीमा रहेको लिटल फ्लार्वससेकेण्डरी इङलिस वोडिङ स्कुलले औपचारिक कार्यक्रमको आयोजना गरि २५औं वार्षिकोत्सव रजत जयन्ती तथा अभिभावक दिवस मनाएको छ ।

   स्कुल सञ्चालक समितिकी अध्यक्ष पुष्पा बराल सापकोटाको अध्यक्षता तथा प्याब्सन सुनसरीका अध्यक्ष अनुप योञ्जन तामाङको प्रमुख आथित्यमा रजत जयन्ती तथा अभिभावक दिवस मनाइएको हो ।

  नर्सरी देखि कक्षा १० सम्मको पठनपाठन हुँदै आएको लिटल फ्लार्वस सेकेण्डरी इङलिस वोडिङ स्कुलमा रजत जयन्तीका अवसरमा विद्यार्थीहरुको सहभागितामा शैक्षिक ,विज्ञान तथा प्रविधि , पुराना परम्परागत घरायसी प्रयोजनमा प्रयोग गरिने सामाग्री प्रर्दशन गरियो ।WhatsApp Image 2024-02-14 at 16.34.44 (1)

त्यसै गरी विद्यार्थीहरुले सांस्कृति कार्यक्रम साथै सन्देश मुलक नाटक समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा खेलकुद तथा शैक्षिक नतिजामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरियो । कार्यक्रममा प्याब्सन सुनसरीका बरिष्ठ उपाध्यक्ष थानेश्वर ढकाल नेलशन , समाजसेवीहरु भैरुव सापकोटा , श्रीप्रसाद पोखरेल लगायतक सहयभागिता रहेको थियो ।WhatsApp Image 2024-02-14 at 16.34.45 (1)

लिटिल फ्लार्वस सेकेण्डरी इङलिस वोडिङ स्कुलका प्रिन्सिपल पुण्यप्रसाद सापकोटाले स्कुलमा नर्सरी देखि कक्षा १० सम्म ८सय बढी विद्यार्थीहरु पठनपाठन गरिरहेका वताए । यो स्कुल इटहरी क्षेत्रमा नाम कमाएको स्कुल मध्येमा पर्दछ । फ