इटहरी । सुनसरीको इटहरीमा रहेको  नमुना कलेजले मिस फ्रेसर कार्यक्रम सहित नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा सम्मान गरेको छ ।    

      कलेजमा विभिन्न संकायहरुमा अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरुलाई मिस फ्रेसर कार्यक्रम सहित स्वागत तथा सम्मान गरेको हो ।

चलचित्र कलाकार संघ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानको प्रमुख अथित्यमा आयोजना गरिएको स्वागत तथा सम्मान कार्यक्रममा कलेजमा बीबीए , बीएसडब्लु ,बीएचएम ,बीआइटी तथा बीबीएस अध्ययनका लागि भर्ना भएका ३सय बढी विद्यार्थीलाई स्वागत गरियो ।6f58829e-5919-4081-8224-0d4198bf996a

सो अवसरमा विभिन्न संकायमा अध्ययनका लागि आएका २४जना विद्यार्थीहरुको सहभागितामा मिस फ्रेसरमा प्रतिस्पर्धा गराइएको थियो । जसमा बीबीए पहिलो सेमेस्टरकी विद्यार्थी अपेक्षा पाण्डे मिस फ्रेसरको उपाधी जित्न सफल भइन भने  बीएसडब्लु पहिलो वर्षमा अध्ययनरत श्रेया जासु तथा बीएचएम पहिलो वर्षकी सज्ना गुरुङ क्रमशः द्वितीय र तृतीय भएको कलेजका प्राचार्य धर्म न्यौपानेले जानकारी दिए  ।

कार्यक्रममा हिसान सुनसरीका अध्यक्ष सागर भट्टराई , कलालय इटहरीका अध्यक्ष सोनु जयन्ती लगायतका अथितीहरुको सहभागिता रहेको थियो ।  इटहरी नमुना कलेजमा विभिन्न संकायमा २५सय विद्यार्थी अध्ययनरत रहेका छन ।