इटहरी । कोरियन भाषाको इपिएस परिक्षाको तयारी कक्षा सञ्चालन गर्दै आएको लोटस मल्टि ट्रेनिङ प्राइभेट लिमिटेड इटहरीले यस वर्ष पनि कोरियन भाषाको इपिएस परिक्षामा उत्तिण गर्न सफल दुई सय वढी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।
लोटस मल्टि ट्रेनिङ प्रालि इटहरीले सन् २००८ देखि कोरियन भाषाको इपिएस परिक्षाको तयारी कक्षा सञ्चालन गर्दै आएको छ । यही क्रममा इपिएस परिक्षामा यस वर्ष उत्तिण गरेका २सय ५५ जना विद्यार्थी मध्ये उपस्थित विद्यार्थीहरुलाई सहभागी गराएर बधाई तथा शुभकामना कार्यक्रम गरेको हो ।
विगत देखि नै विद्यार्थीहरु उत्तिण गराउन सफल हुँदै आएको लोटस मल्टि ट्रेनिङ प्रालिका प्रबन्ध निर्देशक रविन्द्र निरौलाले भाषा सिकेर भाषा परिक्षा पास गर्ने जस्तोसुकै परिवारका विद्यार्थीहरु पनि कोरिया जान सफल भई रहेको जानकारी गराए ।
विद्यार्थीहरुका लागि बधाई तथा शुभकामना कार्यक्रममा प्रबन्ध निर्देशक निरौला सहित भाषा प्रशिक्षक लिलाराज घिमिरे, लोकेन्द्र घिमिरे र लोटस विराटनगर शाखाका प्रशिक्षक अरविन्द मेहताले इपिएस परिक्षा तथा कोरियाको बसाई र कामका विषयमा सहजिकरण गरेका थिए ।


















