इटहरी । पत्रकार परिवारमा आपसी सदभाव कायम गर्ने उद्धेश्यले नेपाल प्रेस युनियन सुनसरीले मित्र मिलन तथा वनभोज कार्यक्रमको आयोजना गरेको छ । 

    पत्रकार तथा पत्रकार परिवारलाई प्राथमिकतामा राखेर आपसी सदभाव कायम गर्ने उद्धेश्यले विगत केही वर्ष यता देखि नेपाल प्रेस युनियन सुनसरीले बनभोज कार्यक्रम आयोजना गर्दै आएकोमा यस वर्ष पनि निरन्तरता दिएको हो । 

     नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष धुर्ब ढकालको अध्यक्षतामा आयोजना गरिएको बनभोज कार्यक्रममा पत्रकार तथा पत्रकार परिवारका सदस्यहरुले विभिन्न मनोरञ्जनात्मक खेल तथा नेपाल प्रेस युनियन र पत्रकारिता विषयसंग सम्वन्धीत हाजिरी जवाफ कार्यक्रम समेत आयोजना गरियो ।

WhatsApp Image 2024-02-07 at 17.00.03जस अन्तरगत म्युजिकल चेयरमा सप्तकोशी टेलिभिजनका एड्मन्ड पराजुली प्रथम हुन सफल भएका थिए । त्यसै गरी हाजिरी जवाफ कार्यक्रममा सही जवाफ दिने पत्रकार तथा परिवारलाई नेपाली काँग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडा , अग्रज पत्रकार हर्ष सुब्बा , हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी , नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य अमर खड्का लगायतले पुरस्कार वितरण गरेका थिए । vlcsnap-2024-02-07-17h13m51s848

    नेपाल प्रेस युनियन सुनसरीले आयोजना गरेको पत्रकार तथा पत्रकार परिवारको बनभोज कार्यक्रममा विभिन्न पत्रकार आवद्ध संघसंस्थामा आवद्ध पत्रकार तथा पत्रकार परिवारको सहभागिता रहेको थियो । अरु समयमा समाज र राष्ट्र हितका लागि समाचार बनाउने सञ्चारकर्मीहरु तथा परिवारका सदस्यलाई वर्षमा एक दिन मात्र भएपनि मनोरञ्जन गराउने उद्धेश्यले बनभोज कार्यक्रम आयोजना गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष धुर्ब ढकालले जानकारी दिए । WhatsApp Image 2024-02-07 at 16.37.36

  कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजिव ढुंगाना , नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य इकवाल अहमद , नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कार्यवाहक अध्यक्ष लवदेव ढुंगाना , नेपाल प्रेस युनियनका कोशी प्रदेश अध्यक्ष मिनकुमार नवोदित , इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेल , नेपाल पत्रकार महासंघ कोशी प्रदेश सचिव देवेन्द्र कार्की लगायतका अथितीहरुको सहभागिता रहेको थियो । WhatsApp Image 2024-02-07 at 16.37.40