इटहरी । पूर्वी नेपालकै केन्द्रमा पर्ने इटहरीमा सवारी साधन पार्किङ प्रमुख समस्या बनेपछि बसपार्कलाई व्यवस्थित गरिने भएको छ ।
इटहरीको पुरानो बसपार्क भएको ठाउँमा ठेक्का लागेर अत्यधुनिक बस पार्क निर्माणको काम सुरु भएको हो ।
इटहरी उपमहानगर पालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले भवनको शिलान्यास गर्दै इटहरीलाई अत्ति आवस्यक भएको हुदा यो क्षेत्रकै नमुना बसपार्कको रुपमा अत्याधुनिक र सबै कुराहरु समेटेर सुबिधा सम्पन्न बनाउन लागेको बसपार्क ९ करोड ४८ लाख ८३ हजार ५ सय ५६ रुपैयाँमा ठेक्का पारेर निर्माणको काम सुरु गरेको बताए ।
इटहरी उपमहानगरपालिकाले नगर विकास कोषसँग ऋण लिएर व्यवस्थित बसपार्क बनाउन लागिएको झन्डै दुई दसकअघि निर्माण भएको बसपार्क अव्यास्थित भएको कारण नमुना बस पार्क निर्माणको काम सुरु भएको नगर प्रमुख पौडेलको भनाई छ ।
बस पार्कमा अस्तब्यस्त छरिएर रहेको काउन्टरहरु छन् यो सिलान्यासले इटहरी बासीको लागी खुसिको कुरा भएको र यो आधुनिक बसपार्कमा काउन्टर केही पसलहरु, सौचालय ,प्रतिक्षालय सहितको मिटिङ रुमका साथै एकै ठाउँमा हुदा तानातानको अवस्था नआउने
बस पार्क ब्यवस्थापन समितिका अध्यक्ष काजी राईले बताए ।
नगर विकास कोष काठमाडौंको ७० प्रतिशत र इटहरी उपमहानगरपालिकाको ३० प्रतिशत लगानीमा निर्माण हुने भएको छ ।
झन्डै दुई दसकअघि निर्माण भएको बसपार्क अव्यास्थित भएको कारण नमुना बस पार्क निर्माणको काम सुरु भएको हो ।
अर्कातिर पछिल्लो समय इटहरीको चौरास्त चोकदेखि पाँच सय मिटर आसपास पुरै उपमहानगरपालिकाकै अगुवाईंमा सवारी साधन हटाएपछि प्रायः यात्रुबाहक सवारी साधन बसपार्क नै गएपनि व्यवस्थित नभएको बेला उपमहानगरपालिकाले महत्वपूर्ण योजना अघि सारेर द्रुर्त गरिमा काम हुने पालिकाले जनाएको छ ।
एक बिघा क्षेत्रफलमा फैलिने बसपार्कको तल्लो तलामा टिकट काउन्टर, सोधपुछ कक्ष, प्रतिक्षालय, सभाहल, रेष्टुरेन्ट सहितको ५० वटा बस अट्ने क्षमताको बस पार्क १८ महिनाभित्र निर्माण सम्पन्न हुने उपमहानगर पालिकाका इन्जिनियर जीवन घिमिरेले जानकारी दिए ।
इटहरी पूर्वकै व्यापारिक ‘हब’ समेत बन्दै गएकाले व्यवस्थित बसपार्क वा पार्किङ स्थलको समस्यालाई समाधन तर्फ उपमहानगर पालिका लागी परेको छ ।
शिलान्यास कार्यक्रममा उप प्रमुख संगिता कुमारी चौधरी, इटहरी ९ का वडा अध्यक्ष जितेन्द्र थापा, उपमहानगरका प्रवत्ता दिवस पोखरेल लगायतको उपस्थित रहेको थियो ।


















