इटहरी । कोशी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएका आएका प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङले अल्टिट्युड क्लव इटहरीले एक कार्यक्रमको आयोजना गरि स्वागत गरेको छ ।

    क्लवका अध्यक्ष पिताम्वर तिम्सिनाको अध्यक्षतामा संगित साधना प्रतिष्ठानका एक औपचारिक कार्यक्रमको आयोजना गरि प्रहरी नायव महानिरीक्षक खापुङलाई स्वागत गरिएको हो ।WhatsApp Image 2024-02-02 at 17.30.24 (2)

  स्वागत कार्यक्रममा भर्खरै कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी समाल्न आइपुगेका खापुङले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न प्रहरीले जनतासंग सहयोग र समन्वयमा काम गर्ने प्रतिवद्धता जनाए । कार्यक्रमका अध्यक्ष तिम्सिनाले खेलकुद तथा विभिन्न सामाजिक कार्य गर्दै आएको संस्थाले खेलकुद तथा सामाजिक कार्यमा प्रहरीसंग समन्वय सहकार्य गर्ने अवसर पाउने विश्वास व्यक्त गरे ।WhatsApp Image 2024-02-02 at 17.30.22

स्वागत कार्यक्रममा संगित साधना प्रतिष्ठानका अध्यक्ष राम खड्का , नागरिक समाज इटहरीका पुर्व अध्यक्ष राजु केसी , इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज मल्ल, अल्टिट्युड क्लवका महासचिव प्रेम खड्का लगायतको सहभागिता रहेको थियो ।