लेटाङ । लेटाङ नगरपालिका वडा नम्बर १ लोखरामा रहेको बाल विकास आधारभुत विद्यालयलाई नेपाली सेनाको पुर्वीपृतना तालिम शिक्षालय लेटाङले शैक्षिक तथा खेलकुद सामाग्री उपलव्ध गराएको छ ।
नेपाली सेनाको पूर्वीपृतना तालिम शिक्षालय लेटाङले आफ्नो १० औं वर्षिकोत्सवको अवसर पारेर बाल विकास आधारभुत विद्यलायलाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरेको हो ।
शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रममा प्रमुख अथिती नेपाली सेनाका पूर्वी पृतनापति उपरथी आशबहादुर तामाङले विद्यालयका प्रधानाध्यापक दिननाथ खनाललाई अभ्यास पुस्तिका , डटपेन साथै खेलकुद सामाग्रीहरु भलिवल , नेट ,क्यारामबोर्ड , चेस , लुडो ,ब्याडमिन्टन , कर्क लगायत हस्तान्तरण गरेका हुन ।
सोही अवसरमा लेटाङ नगरपालिकाको छात्रासँग उपमेयर कार्यक्रम समेत सञ्चालन गरियो । जस अन्तरगत लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौलाले विभिन्न अत्यावश्यक फोन नम्बरहरु उल्लेख गरिएको डाइरी विद्यार्थीहरुलाई हस्तान्तरण गरिन ।
शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाली सेनाको तालिम शिक्षालयका शिक्षा अधिकृत प्रमुख सेनानी प्रह्लाद थापा, लेटाङ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष विष्णु मगर, राजारानी पर्यटन विकास समितिका अध्यक्ष सुजन मगर, हडर्न नेपालका सुरेश अधिकारी , विद्यालयका शिक्षक विद्यार्थी अभिभावक लगायतको उपस्थिती रहेको थियो ।


















