इटहरी । महिलाहरुको नेतृत्व तथा क्षमता अभिबृद्धी गर्ने उद्धेश्यले इटहरीमा आयोजना गरेका ७ दिने महिला नेतृत्व उद्घोषण तथा पत्रकारीता तालिम सम्पन्न गरेको छ ।        इटहरी उप महानगर पालिका वडा न. ४ को आयोजना तथा पे्रस नेटवर्क म्यानेजमेन्ट प्रा. लि सुन्दरहरैचाको सहकार्यमा पुस २७ गते बाट उद्योग वाणिज्य संघको सभा हलमा भएको तालिम सम्पन्न गरेको हो  ।

तालिममा सुनसरीका ३९ जना महिलाहरुको सहभागिता रहेको तालिमको सिमा बस्नेले सहजिकरण गरेकी थिन ।IMG_20240118_201747

उद्घोषण तथा नेतृत्व विकासमा महिलाहरुको क्षमता अभिबृद्धी गर्ने तर्फ मध्यनजर गर्दै ४ नम्वर वडा ३९ वटा टोल विकासका एक एक जना सहभागी गराएर तालिमको आयोजना गरेको  पे्रस नेटवर्क म्यानेजमेन्टका अध्यक्ष विकल पौडेलले जानकारी दिए ।

इटहरी उप महानगर पालिका वडा न. ४ का वडाध्यक्ष भक्त लामाको प्रमुख अतित्थि तथा  लक्ष्मी चापागाँईकोे अध्यक्षतामा भएको समापन कार्यक्रममा वडा सदस्य सचिव अर्जुन सुबेदी वडा सदस्य अमित बस्नेत,दिलु बराइलि, विशेश्वर पोखे्रल लगायतको सहभागिता रहेको थियो ।