इटहरी । पृथ्वी नायारण शाहको ३०२ औँ जयन्ती तथा राष्ट्रिय एकता दिवस इटहरीमा भब्यताका साथ मनाइने भएको छ ।
विगतका वर्षहरुमा झैँ यस वर्ष पनि पौष २७ गते इटहरीमा नेपाल एकिकरणका नायक, राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्मजयन्ती धुमधामका साथ मनाउने तयारी गरिएको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिले बुधवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।
मुल समारोह समितिका अनुसार जयन्ती तथा एकता दिवसको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।
यस वर्ष ३०२ औं पृथ्वी जयन्ती परेकाले विषेश कार्यक्रमको आयोजना गरिएको बताउदै मुल समारोहका संयोजक ज्ञानेन्द्र दाहालले बताए ।
यस वर्ष पनि पृथ्वी नारायण शाहको स्वरुप बनाएर घोडसवार गराएर झाँकी प्रदर्शन सहित बजार परिक्रमा, वक्तित्वकला प्रस्तुती लगायतको कार्यक्रम गरिने बताउदै राष्ट्र निर्माता शाहको जन्मदिनलाई भव्यताका साथ मनाउन सम्पूर्ण देशवासीलाई समेत पत्रकार सम्मेलनमा आग्रह गरे ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस इइटहरमिा १२ वर्ष देखि निरन्तर गर्दै आएको र कुनै पार्टीले नभइ नागरिक स्तरबाट आयोजना गरिने समितिका पुर्व सम्योजक कमलेश शर्मा पौडेलले बताए ।
जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा विगतमा झैँ यस वर्षपनि उक्त दिन इटहरीका विद्यालयहरु विदा रहने जानकारी दिए ।
यस वर्ष समितिले जयन्ती तथा दिवसका अवसरमा वक्तित्वकला प्रतियोगीतामा कलेजका १४ जना र विद्यालयका २४ जना विद्यार्थीको सहभागितामा भएको वक्तित्वकलामा सहभागी चार,चार जना कार्यक्रममै पुरस्कार वितरण गरिने पनी समितिका सचिव केसवप्रसाद भट्टराईले जानकारी दिए ।
पत्रकार सम्मेलनमा मुल समारोहका पुर्व सम्योजकहरु डाक्टर बद्रि विशाल पोख्रेल,श्री प्रसाद पोख्रेल,सन्तबहादुर डुम्जन लगायतको उपस्थिति रहेको थियो ।




















