इटहरी । अन्तराष्ट्रिय बजारमा नेपाली कृषिजन्य वस्तुहरुको बजारिकणका लागि गुणस्तरीय प्याकेजिङको महत्वलाई मध्यनजर गर्दै सुनसरीको इटहरीमा प्याकेजिङ सम्वन्धी तालिम सुरु भएको छ ।

  कोशी प्रदेश उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आयोजना तथा उद्योग वाणिज्य संघ इटहरीको सह आयोजनामा ५ दिने प्याकेजिङ गुणस्तर सम्वन्धी तालिम सुरु गरिएको हो ।

   उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख आथित्यमा तालिम सुरु गरियो ।WhatsApp Image 2024-01-09 at 14.05.51 (1)

तालिम उदघाटन गर्दै प्रमुख अथिती चौधरीले सरकारी निकायहरुले विभिन्न किसिमका तालिम प्रदान गर्दै आएपनि बजारिकणमा हुन नसकिरहेको तर्फ मध्यनजर गर्दै आफुहरुले सिकेका सिपहरुलाई राम्ररी प्रयोगमा ल्याउनु पर्नेमा जोड दिदै गुणस्तरीय प्याकेजीङ सम्वन्धी तालिमले उद्योगी व्यवसायीहरुका लागि सहयोग पुग्ने वताइन ।

इटहरी क्षेत्रका २५जना उद्योगीहरुको सहभागिता रहेको तालिमका सहभागी जेबिएस इन्डष्ट्रीज प्रालि इटहरीका सञ्चालक अनन्त विष्टले प्याकेजीङमा स्पष्ट र राम्रो शब्द चयन गर्न नसक्दा समेत कहिलेकाही समस्या हुने गरेको भन्दै अन्तराष्ट्रिय बजारमा नेपाली उत्पादनलाई पुर्याउन प्याकेजिङले समेत सहज वनाउने हुदाँ तालिम प्रभावकारी हुने  वताए ।WhatsApp Image 2024-01-09 at 14.05.51

इटहरी क्षेत्रमा कृषिसंग सम्वन्धी धेरै उद्योगहरु रहेका कारण अन्तराष्ट्रिय बजार सम्म पुर्याउन प्याकेजिङको पनि महत्वपुर्ण हुने भएकाले उद्योग वाणिज्य संघ इटहरीले सहकार्य गरेर तालिमको आयोजना गरेको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले जानकारी गराए । होटल इन्टुरिष्ट प्यालेसमा सञ्चालन भई रहेको तालिममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र विराटनगरका अधिकृत कृष्णराज बजगाई होटल ब्यवसायि संघका अध्यक्ष जयप्रसाद उपाध्य  लगायतले सहजिकरण गरिरहेका छन ।