इटहरी । उपभोक्ताहरु नठगिउनु भनेर उद्योग वाणिज्य संघ इटहरीले तीन दिने ढक. तराजु ,लिटर, मिटर दर्ता तथा नविकरण शिविर सुरु गरेको छ ।

   उद्योग वाणिज्य संघ इटहरीकै भवनमा ढक तराजु ,लिटर ,मिटर दर्ता तथा नविकरण शिविर सुरु गरिएको हो । शिविरको इटहरी क्षेत्रमा ५ दशक अघि देखि व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी दिलिम कुमार चौधरीको प्रमुख आथित्यमा उदघाटन गरियो ।

उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीको अध्यक्षता रहेको ढक तराजु लिटर मिटर दर्ता नविकरण शिविरको सहआयोजक नेपाल गुणस्तर तथा नापतौल विभाग विराटनगरको रहेको शिविरमा ढक तराजु , लिटर ,मिटरहरुको परिक्षण समेत गरिदै आएको छ ।IMG_20240108_113142

  इटहरी क्षेत्रमा व्यवसाय गर्ने धेरै जसो व्यापारीहरु नापतौलसंग सम्वन्धीत व्यापार गर्ने भएकाले पनि उपभोग्ताहरु नठगिउनु तथा अनुगमनका क्रममा समेत व्यवसायीहरुको कमीकम्जोरी नपाइयोस भन्नका लागि नापतौल सम्वन्धी शिविर सञ्चालन गरिएको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष पराजुलीले जानकारी दिए ।

शिविरमा नापतौल सम्वन्धी व्यवसाय गर्ने व्यवसायीहरु ढक तराजु लिटर मिटर परिक्षण सहित दर्ता नविकरणका लागि सहभागी भई रहेका छन । ढक तराजु , लिटर ,मिटर दर्ता तथा नविकरण शिविर आगामी वुधवार सम्म सञ्चालन हुने छ ।