धनकुटा । भौगोलिक अवस्थाका कारण हेलिप्याड आवश्यक रहेको धनकुटा नगरपालिका वडा नम्वर ९ मा नेपाली सेनाको भीमदल गणले हेलिप्याड निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ ।
स्थानीयका सहयोग समेतमा नेपाली सेनाको भीमदल गणले निर्माण सम्पन्न गरेको पक्की हेलीप्याड बाघखोर हेलिप्याडको समुद्धघाटन गरी निर्माण समितिलाई हस्तान्तरण गरिएको हो ।
भीमदल गणका तर्फबाट श्रम तथा प्राविधिक सहयोग, बाघखोर हेलिप्याड निर्माण समितिको सक्रियता, धनकुटा नगरपालिका वडा नम्वर ९ कार्यालय,स्थानीयको सहयोगमा निर्माण सम्पन्न बाघखोर हेलिप्याड नम्वर नेपाली सेनाको २ नम्बर वाहिनी अड्डाका वाहिनीपति सहायक रथी रामकाजी थापाले उदघाटन गरी समितिलाई हस्तान्तरण गरिएको भीमदल गण सल्लेरी ब्यारेक धनकुटाका गणपति प्रमुख सेनानी सुमन थापाले जानकारी दिए ।
सो अवसरमा हेलिप्याड निर्माणका लागि पुर्व वडाध्यक्ष मनोज रायमाझिबाट प्रस्ताव आए पछि भिमदल गणले हेलीप्याडका लागि पर्खाल, ढलान, रंगरोगन गर्ने लगायतका सम्पन्न गरेको जनाइयो। हेलीप्याड हस्तान्तरण कार्यक्रम नेपाली सेनाको २ नम्बर बाहिनी अड्डा हिलेका वाहिनीपति सहायक रथी रामकाजी थापाको प्रमुख आथित्य रहेको थियो ।
त्यसै गरी कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, कोशी प्रदेश सभाकी पुर्व सदस्य कुसुम कुमारी श्रेष्ठ, सशस्त्र प्रहरी बल नेपाल नम्वर ६ गुल्म हेडक्वाटर छिन्ताङ्गका प्रमुख शसस्त्र प्रहरी नायव उपरीक्षक सुदन प्रसाद भारती, राष्ट्रिय अनुसन्धान धनकुटाकी प्रमुख अनुसन्धान अधिकृत सविना राई, वडा नम्वर ९ का वडा अध्यक्ष टंक रोईला, पुर्व अध्यक्ष मनोज रायमाझी लगायतको सहभागिता रहेको थियो ।




















