इटहरी । अन्तर जातिय प्रेम विवाह र छुवाछुतको विषयवस्तु समेटेको गंगा गौतम र रमन थामीको स्वर रहेको पाथिभरा माइ भाकेर यो ज्यान दिउला तिमिलाइ , रिस गरेनी जति , हाम्रो माया घट्दैन एकरती बोलको गितको म्युजिक भिडियोको छाँयाकन सम्पन्न भएको छ ।
पुर्वका धार्मिक पर्यटकीय क्षेत्र मोरङको सुन्दरहरैचामा रहेको नयाँ वृन्दावन गौशाला तथा गोठगाउँमा रहेको पाथिभारा मन्दिर क्षेत्रमा म्युजिक भिडियोको छाँयाकन गरिएको हो ।
छुवाछुत विरुद्ध सचेतना जगाउने संदेश समावेश गरिएको गितको शब्द भेषराज पराजुलीले लेखेका हुन भने गितको लय एरेन्ज राम कार्कीको रहेको सो गितको द पिक स्टुडियोमा रेकर्ड गरिएको गायिका गौतमले वताइन ।
गितको म्युजिक भिडियोको निर्देशन तुलसी घिमीरेले गरेका हुने भने छायाँकन दिपक कार्कीको रहेको छ ।
गित नाटकका रुपमा रहेको म्युजिक भिडियोमा सन्तोष धमला र आर्ट एण्ड फाउन्डेसनद्धारा आयोजित मिस स्कुलको ताज पहिरन सफल कलाकार श्रेया श्रेष्ठको मुख्य भुमिका रहेको छ भने राजु गौतम ,बरुण थापा ,गिता आचार्य ,लेखनाथ आचार्य लगायतको अभिनय रहेको छ ।
म्युजिक भिडियो छाँयाकन सम्पन्न भएर सम्पादनको काम भई रहेको र चाडै नै गंगा गौतम अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिने जनाइएको छ ।




















