इटहरी । नेपाल शिक्षक संघ कोशी प्रदेशको आयोजनामा शैक्षिक अन्तरक्रिया तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

   नेपाल शिक्षक संघ सुनसरीको आथित्यता तथा नेपाल शिक्षक संघ इटहरीको व्यवस्थापनमा सञ्चालित दुई दिने अन्तरक्रिया तथा तालिम समापन भएको हो ।

  दुई दिने कार्यक्रमको अन्तिम दिन शनिवार शिक्षकहरुलाई नेतृत्व विकास सम्वन्धी तालिम दिइएको थियो । कोशी प्रदेशका विभिन्न जिल्लाहरुका शिक्षकहरुको सहभागिता रहेको तालिममा नेपाल शिक्षक संघका बरिष्ठ उपाध्यक्ष इलमबहादुर शाही , महासचिव ज्ञानेन्द्रवहादुर रावल , महासचिव अर्थ निर्मला कोइराला , उपमहासचिव तथा प्रवक्ता नाराणण तिम्सिना लगायतले प्रशिक्षण दिएका थिए ।

 कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष  सोमनाथ गिरी नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदी,नेपाल शिक्षक संघ इटहरीका अध्यक्ष बासुदेव कर्ण लगायतका अथितीहरुको सहभागिता रहेको थियो ।