इटहरी । सुनसरीको इटहरीमा रहेको कुमारी वचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक कार्यक्रमको आयोजना गरी १४औं वार्षिक साधारणसभा दुर्गा पाटी प्यालेसमा सम्पन्न गरेको छ ।

  कुमारी वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष खड्ग कुमार श्रेष्ठको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका सहकारी शाखाका प्रमुख बालकुमार पोखरेलको प्रमुखा आथित्यमा वार्षिक साधारण सभा सम्पन्न गरिएको हो ।WhatsApp Image 2024-01-06 at 16.52.09

   सो अवसरमा निवर्तमान अध्याक्ष विकास निरौला उत्कृष्ट कारोवारी प्रेमवहादुर वस्नेत , उत्कृष्ट वचतकर्ता गिरीधारी झा,एस इइमा उतिर्ण प्रेंका तिवारी ,सौगात पोख्रेल लगायतलाई सम्मान गरेको छ । 

वार्षिक साधारण सभामा अध्यक्ष श्रेष्ठले वार्षिक  प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले ४७लाख २६हजार ६सय ६७ रुपौया आम्दानी गरेको , २करोड ३०लाख ७१हजार ५सय ४२ रुपौया लगानी गरेको जानकारी गराए ।WhatsApp Image 2024-01-06 at 16.51.45

 कार्यक्रममा शुभलाभ वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपक पोख्रेल,जिल्ला बचत सहकारीकी संचलक सदस्य बिमला पराजुली, राष्ट्रिय सहकारी बैंककी ब्यवस्थापक सविना श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।