बर्दिवास । सहकारी सम्वन्धी व्यवस्थापकीय सुचना प्रणालीलाई व्यवस्थित वनाउने उद्धेश्यले बर्दिवासमा नगर स्तरीय कोपोमिस पुनर्ताजकी तालिम सम्पन्न भएको छ।
बर्दिवास नगरपालिकाको आयोजना तथा ग्रामिण विप्रेषण आयोजनाको प्राविधिक सहयोगमा नगरक्षेत्रमा रहेका सहकारीहरुलाई प्रतिवेदन तयार पार्ने र पालिका लगायतका निकायहरुमा पठाउने विषयमा दक्षता प्रदान गर्ने उद्धेश्यले सञ्चालित दुई दिने तालिम सम्पन्न भएको हो ।
तालिम सहकारीहरुले डाटा कसरी राख्ने ,कसरी पालिकाहरुलाई पठाउने लगायतका सहकारी सम्वन्धी व्यवस्थापकिय पक्षहरुका विषयमा सुमन पौडेलले सहजिकरण गरेका थिए ।
बर्दिवास नगरपालिका प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारीको अध्यक्षतामा भएको तालिममा बर्दिवास नगरपालिका क्षेत्रका २५वटा सहकारीहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
ग्रामिण उद्यम विप्रेषण आयोजनाकी संयोजक इन्दिरा श्रेष्ठ , बर्दिवास नगरपालिका रेवती पराजुली लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















