इटहरी । इटहरी उपमहानगरपालिका वडा नं ६ मा बिहीबार देखि गुगल म्याफ् कोड सहितको घर नम्वर प्लेट टाँस्ने अभियान सुरु गरेको छ ।
इटहरी उपमहानगर पालिका वडा नं ६ ले पहिलो चरणमा एक हजार घर धुरीमा गुगल म्याफ् कोड सहितको नम्बर प्लेट घर घरमो टास्ने काम सुरु भएको हो ।
यो अभियानले वडा भित्र रहेका घरहरूलाई गुगल म्याफ् कोड मार्फत सजिलै घर पत्ता लगाउन मदत पुग्ने भएकोले वडा नम्वर ६ को विभ्भिन्न टोल,मार्गहरुमा सुरु गरेको र यो प्लेट चाडै सवै वडाहरुमा पनी टाँस गरिने वडा नं ६ का अध्यक्ष दिवस पोख्रेलले बताए ।
वडा भित्र रहेका हरेक घरको विवरण सरकारी तथ्याङ्कमा सामेल गराउनको लागि यस्तो कार्यको सुरुवात गरेको उनको भनाई छ ।
बाहिरी जिल्ला बाट नगरमा वर्षेनि बसाइँसराइ गरेर कयौँ परिवार आइरहेको भन्दै ति सबै परिवारको विवरण वडाले पत्ता लगाउन पनि उक्त कार्य महत्वपुर्ण हुने अध्यक्ष पोख्रेलले बताए ।
गुगल म्याफ् कोड प्लेटको शुभारम्भपछि अध्यक्ष पोख्रेललले उपमहानगरपालिका कार्यालय गेटमा नम्बर प्लेट राखेर अभियानको सुरुवात गरेका थिए ।
पहिलो चरणमा एक हजार घर धुरीमा नम्बर प्लेट राखिसकेपछि यसको सकारात्मक पक्ष हेरेर सिङ्गो उपमहानगरका घरहरूमा यही विधि अपनाइने पनि अध्यक्ष पोख्रेलले बताए । 
गौतम मार्ग , संगीत चोक लगाएतका क्षेत्रहरुमा भएका घरमा आज घर नम्बर राखिएको छ ।
यो प्रणालीमा सडक÷गल्लीको नाम र दूरीको आधारमा घर नम्बर प्रदान गरिने भएकाले जो कोहीले खोजेको घर सहजै पत्ता लगाउन सक्ने प्राविधीकहरुले जानकारी दिए ।
घरसँग जोडिएको सडकको सुरुको बिन्दुदेखि घरको मुल ढोका सम्मको दुरी घरको नम्बर प्लेटमा राखिने भएका कारण घर पत्ता लगाउन सहज हुने पनि उनले बताए ।
गुगल म्याफ् कोर्ड सहितको नम्बर प्लेट राख्दा आफ्नो घर कुन एरियामा पर्छ अरूलाई लोकेसन देखाउन सजिलो हुने र कोही आफन्त घर नभेटेर हैरानी खेपिरहेका छन् भने उनीहरूलाई पनि नम्बर प्लेटमा भएको गुगल म्याफ् हेरेर सजिलै घर पत्ता लगाउन सकिन्छ ।
बढदो सहरीकरण सँगै बाक्लिएको बस्तीहरूको विवरण राख्न पनि यस कोडले मदत पु¥याउने विश्वास स्थानीयले लिएका छन । वडालाई ‘डिजिटलाइज’ गर्ने अभियानमा लागि परेको बताउँदै नागरिक–स्थानीय सरकारबीच सहज पहुँचका लागि घर नम्बर प्रणाली लागु गरिएको र वडाको एकीकृत दिगो विकास र समृद्धिका लागि वडाले थुप्रै योजना अघि सारेको जनाउँदै प्रविधिको उच्चतम् प्रयोग गरेर अघि बढ्ने लक्ष्य भएको पनी अध्यक्ष पोख्रेलले जानकारी दिए ।




















