इटहरी । इटहरी २० तरहरामा रहेको शान्ति जनकल्याण बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको २८ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ ।

शान्ति जनकल्याण बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष वीरवहादुर लिम्बुको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैकका पुर्व अध्यक्ष एवम राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले सहकारीहरुले अब नयाँ तरिकबाट सहकारीहरुलाई अगाडी बढाउनुपर्नेमा जोड दिएका छन्।

उनले सहकारीका सदस्यहरुलाई उत्पादनमूलक र उद्यामशील बनाउनु सकेमात्र सहकारीका सदस्यहरु जीवनयापनमा सहज पुग्ने बताए । 

सहकारीले सदस्यहरुलाई कृषि पशुपालन उत्पादन गरी उद्यामशील बनाउनु जरुरी रहेकोे बताए । 

 सभामा वक्ताहरुले  सहकारी संस्थाहरु वित्तिय क्रियाकलापमा मात्र सिमित नरही विभिन्न सामाजिक क्रियाकलापमा पनि लाग्नु पर्नेमा जोड सहभागीहरुले दिएका छन ।WhatsApp Image 2023-12-30 at 17.29.17 (1)

साधारण सभामा कोषाध्यक्षले आर्थिक प्रतिबेदन र लेखा समितीका संयोजकले लेखा समीतीका प्रतिबेदन पेश गरेका थिए । 

साधारण सभामा ज्येष्ठनागरीक उत्कुष्ट अंक ल्याएर शैक्षिक क्षेत्रमा सफलता हासील गरेका सहकारीको सेयर सदस्यका छोराछोरी हरुलाई सम्मान समेत गरिएको थियो । 

सोही साधारणसभाकै अवसरमा पारेर सहकारीका सेयर सदस्यहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै इटहरी मेडीकलले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको शिविरमा दम , प्रेसर , सुगर लगाएतको निः शुल्क परिक्षण गरिएको थियो  ।