इटहरी । नेपाल तरुण दलको इटहरी उपमहानगरपालिका वडा नम्बर १५ गयाराम चौधरीको सभापतित्वमा विस्तार गरिएको छ ।
विस्तारित कार्यसमितिको उपाध्यक्षमा सुमोद चौधरी ,सचिव चुमन लाल चौधरी र कोषाध्यष नन्द कुमार चौधरी चयन भएका हुन । त्यसैगरी वडा समितिको सदस्यहरुमा सुरेश ऋषिदेव , रामसागर साह ,श्याम ठाकुर ,सिलिप ऋषिदेव रहेका छन ।
सर्वसम्मत रुपमा विस्तार गरिएको नेपाल तरुण दल इटहरी १५को विस्तारित कार्यक्रम नेपाल तरुण दल इटहरीका सभापति विष्णु क्षेत्रीको अध्यक्षता तथा जिल्ला सभापति सिजन गुरुङको प्रमुख आतिथ्यतामा भएको थियो । सो कार्यक्रममा नेपाली काँग्रेस इटहरी वडा नम्बर १५का कार्यवाहक सभापति सत्यनारायण चौधरी , स्थानीय नेता लखन चौधरी लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















