इटहरी । लोटस मल्टी टेनिङ प्रालि इटहरीका मेनेजिङ डाइरेक्टर रविन्द्र निरौला नेपाल शैक्षिक परामर्श संघ इक्यान पूर्वाञ्चलको अध्यक्षमा निर्वाचित भएका छन ।

     सुनसरीको धरानमा भएको इक्यान  पूर्वाञ्चलको चौथो अधिवेशनले अध्यक्षमा निरौला निर्वाचित गरेको हो ।

इक्यान पूर्वाञ्चलको  सातौँ साधारणसभा तथा चौथो अधिवेशनले ९ सदसिय नयाँ कार्यसमिति चयन गरेको निवर्तमान अध्यक्ष प्रकाश लकान्द्रीले जानकारी दिए । अधिवेशनमा  अध्यक्ष , उपाध्यक्ष , सचिव र कोषाध्यक्षमा पदमा निर्वाचन भएको र सदस्यहरु भने सर्वसम्मत भएको समेत लकान्द्रीले वताए । अधिवेशनका इक्यान पूर्वाञ्चालको उपाध्यक्षमा रविकुमार गुप्ता सचिवमा दुर्लभ कार्की, कोषाध्यक्षमा गोपाल निरौला निर्वाचित भएका हुन भने जुगल कुमार चौधरी, यादव पौड्याल, कनक यादव, कविता पौड्याल पाण्डेलाई अधिवेशनले सर्वसम्मत सदस्यमा चयन गरेको छ । 20231225_181159

इक्यान केन्द्रीय अध्यक्ष शेषराज भट्टराईको प्रमुख आतिथ्यमा भएको सातौं साधारणसभामा इक्यान पूवाञ्चल शाखाका प्रमुख सल्लाहकार कमल तिम्सिना ,पूर्वाञ्चल शाखाका सस्थापक रोशन शर्मा निरौलालाई सम्मान समेत गरिएको थियो । इक्यान पुर्वाञ्चलको साधारणसभा तथा अधिवेशनमा इक्यानका महासचिव दीपकराज भुसाल, सल्लाहकार विष्णु पोखरेल, सचिव भवनाथ हुमागाईँ कोषाध्यक्ष आशिष कार्की, नेपाल विज्ञापन बोर्डका सदस्य पवन अधिकारी, नेपाल प्रेस युनियन कोशी प्रदेशका महासचिव सञ्जीव वाग्ले लगायतको उपस्थिति रहेको थियो ।