इटहरी  /  अन्य पालिकामा दर्ता भएका  तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) लाई इटहरी प्रवेश गर्दा अनिवार्य टाइम कार्ड लागू गरिएको छ । इटहरी क्षेत्रबाहेक आसपासका क्षेत्रमा दर्ता भएका सिटी सफारीका लागि टाइम कार्ड लागू गरेको गरिएको हो ।received_170259332816328

इटहरी उपमहानगपालिकाले सिटी सफारीलाई व्यवस्थित गर्नका लागि भदौं १७ गतेदेखि बाहिरका स्थानीय तहमा दर्ता भएकालाई सञ्चालनमा रोक लगाएको थियो । इटहरीले रोक लगाएपछि सुन्दरहरैँचासँगै आसपासका पालिका प्रमुखसँग सहमतिका साथ व्यवस्थित गर्ने निर्णय भएसँगै टाइम कार्ड लागू गरिएको हो । 

इटहरीका नगरप्रमुख हेमकर्ण पौडेलका अनुसार सिटी सफारी व्यवस्थित गर्दा शहरको सुन्दरतासँगै दुर्घटना न्यूनीकरण हुने र सडकमा सवारी आवगमनमा सहजता हुने भएकाले गर्दा टाइम कार्ड लागू गरिएको हो । ‘सिटी सफारीलाई व्यवस्थित गर्न इटहरी बाहिर दर्ता भएकालाई टाइम कार्ड लागू गरिएको हो । अब इटहरीसँगै आसपासमा चल्ने सवै सिटी सफारी जो दर्ता भएका छैनन, अविलम्ब दर्ता हुनुपर्छ, नत्र सञ्चालनमा रोक लगाइनेछ ।’

इटहरीमा अत्याधिक सिटी सफारीले दुर्घट्ना निम्त्यिाएको ठहर गरि पूर्वका शहरमध्ये इटहरीले नै अगुवाई गरेर व्यवस्थित गर्न थालेको हो । ‘बाहिर दर्ता भएर अति आवश्यक कामले इटहरी आउनेलाई निश्चित कामका लागि टाइम तोकेर कार्ड दिन थालिएको छ,’ इटहरी उपमहानगरपालिका अधिकृत गणेश भट्टराईले भने, ‘सिटी सफारीलाई व्यवस्थित गर्न सकिएन भने यसले निकै ठूलो समस्या निम्तियाउन सक्छ भनेर बेलैदेखि यसलाई व्यवस्थित गर्न लागिएको हो ।’

received_888135949586156 

इटहरीमा पहिलोपल्ट ट्राफिक प्रहरीको अगुवाईमा २०७३ असोज दोस्रो साता पनि मुख्य राजमार्गमा सिटी सफारी गुड्न रोक लगाइएको थियो । तर, सिटी सफारी चालकले आन्दोलन चर्काएपछि एक दिनमै  ट्राफिक प्रहरी लचिलो भएर यात्रुलाई गन्तब्य स्थानसम्म पु¥याउन छोटो दुरीका लागि मुख्य राजमार्गमा गुड्न दिने सहमति गरेसँगै सहज ढंगले सिटी सफारी सञ्चालनमा आएका थिए । त्यसयता इटहरीमा सिटी सफारी व्यवस्थित गर्न पटक पटक निर्णय भएपनि सिटी सफारी चालकको आन्दोलनले स्थगित हुँदै आएको थियो । तर, पछिल्लो समय उपमहानगरपालिकाले अगुवाई गरेपछि भने सहज हुँदै आएको छ ।

सिटी सफारी व्यवस्थित गर्नकै लागि इटहरी उपमहानगरपालिकाले अब इटहरी क्षेत्रमा बसोबास गर्नेको  मात्र सफारी दर्ता गर्दै आएको छ । इटहरी उपमहानगरपालिकामा दुई हजार सिटी सफारी दर्ता भएका छन् ।

सिटी सफारी सवैभन्दा बढी झापा, मोरङ र सुनसरीका ठूला सहरमा सञ्चालनमा रहेका छन् । पछिल्लो समय पूर्वका पहाडी जिल्लामा पनि सिटी सफारी सञ्चालन हुने गरेका छन् । कोशी प्रदेशमा मात्र २० हजार हाराहारी सिटी सफारी रहेको कोशी अञ्चल यातायात कार्यालय इटहरीले जनाएको छ ।