इटहरी । अबिरल वचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३औं वार्षिक साधारणसभा एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ ।

  संस्थाका अध्यक्ष कुबेर बरालको अध्यक्षता तथा जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष गंगा दाहालको प्रमुख आतिथ्यमा अबिरल बचत तथा ऋण सहकारी संस्थाले १३औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सो अवसरमा असल कारोवारी जितेन्द्र चौधरी ,नियमित बचतकर्ता सेवन कुमार चौधरी , युवा उद्यम मदन खतिवडा , सेयर सदस्यका उत्कृष्ट नम्वर ल्याउने सन्तती तर्फ प्लसटु तर्फ आकृति कटुवाल र सवना खातुन साथै वाल वचतकर्ता सुमिना लिम्बुलाई पुरस्कृत तथा सम्मान गरिएको संस्थाका उपाध्यक्ष डिल्लीप्रसाद भण्डारीले जानकारी दिए ।WhatsApp Image 2023-12-16 at 15.26.32

 वार्षिक साधारणसभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष बरालले विक्रम संवत २०६७सालमा २६जनाबाट स्थापना गरेको सहकारी तेहैं वर्षमा आइपुग्दा ७सय ७३जना शेयर सदस्य पुर्याउन सफल भएको वताए । उनले हाल संस्थामा एक करोड ८२लाख ६८हजार ८सय शेयर पुँजी रहेको साथै ४ करोड७९ लाख ७३हजार २सय ९६ रुपैया ऋण लगानी रहेको समेत साधारणसभालाई जानकारी गराए ।WhatsApp Image 2023-12-16 at 15.26.29 (1)

कार्यसमिति सदस्य सुरेशकुमार माझीको संयोजकत्वमा भएको वार्षिक साधारणसभामा इटहरी उमपहानगरपालिका नगर सहकारी समितिका भोलाकाजी बस्नेत , कुमारी वचत तथा ऋण सहकारीका अध्यक्ष  खड्ग कुमार श्रेष्ठ  अबिरल वचत तथा ऋण सहकारी संस्थापक अध्यक्ष विक्रम घिमीरे लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।