उदयपुर । पानीसंग सम्वन्धी विभिन्न सिपहरु सिकाउने उद्धेश्यले नेपालमै पहिलो पटक ग्रिन होराजन प्राइभेट लिमिटेडले तालिमको सुरुवात गरेको छ ।

    सिटिइभीटीबाट सम्वन्ध प्राप्त साहकसिक सिप विकास विद्यालयले पानी जन्य सिप सहित खेलकुदका विभिन्न विद्याहरुलाई समेटेर तालिम सुरुवात गरेको हो ।

कोशी नदीमा पानी जन्य सिप सिकाउने उद्धेश्यले उदयपुरको वेलका नगरपालिका वडा नम्बर ८मा एक कार्यक्रमको आयोजना गरि बेलका नगरपालिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी अशोक कार्कीले तालिमको उदघाटन गरे । ग्रिन होराजन प्रालिका अध्यक्ष सुरेश बस्नेतको अध्यक्षतामा ६महिने तालिमको उदघाटन गरियो। तालिमा राफ्टिङ ,क्यानोनिङ लगायतका पानी जन्य सिप तथा साहसिक खेलकुदलाई समेटेर कक्षा सञ्चालन गरिने साहसिक सिप विकास विद्यालयका सञ्चालक सिजन गुरुङले वताए ।

उनले तालिम एक पटकमा ५० जना सहभागी हुने व्यवस्था मिलाइएको समेत जानकारी गराए ।

पानी जन्य सिप तथा खेलकुदमा दक्षता हासिल गर्न सके विदेशमा समेत राम्रो सम्भावना रहेको समेत सो अवसरमा वताइयो । तालिममा सुनसरी ,उदयपुर लगायतका विभिन्न जिल्लाका युवाहरुको सहभागिता रहेको छ ।