इटहरी/ जाडो वढी रहेको समयमा ख्रीस्टमसको अबसरमा मुस्लिम र मुसहर समुदाय लगायतका विपन्न परिवारका मानिसहरुलाई लक्षित गरी सुनसरीको इटहरीमा एस.डि.ए.चर्च नेपाल ले न्यानो ब्लाङकेट वितरण गरेको छ । इटहरी उपमहानगरपालिका वडा नम्वर १ को सुकुमारी टोलका विपन्न मुसहर तथा अन्य परिवारका मानिसहरुलाई ब्लाङकेट वितरण गरिएको एसडीए चर्चका कोशी प्रदेश महासचिव राजेश भण्डारीले जानकारी दिए । 
मुसहरवस्तीलाई लक्षित गरी चर्चले विभिन्न सहयोग गर्दै आएको एसडीए चर्चका अध्यक्ष तथा राष्ट्रिय क्रिस्चियन महासंघका उपाध्यक्ष शैलेस दिन दियालले जानकारी दिए । ख्रीस्टमसको उपहार स्वरुप ब्लाङकेट वितरण गरीएको दियालले बताए ।ब्लाङकेट वितरण कार्यक्रमका प्रमुख आतिथ्य नेकपा एकीकृत समाजवादीका नेता केशवकुमार विष्टले ब्लाङकेट वितरण जस्तो पवित्र कार्य प्रती प्रशम्शा गरे । 
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता गौरीमान परियार इटहरी उपमहानगरपालिका वडा नम्बर १का रतन कार्की लगायतले ब्लाङकेट वितरण गरेका थिए । सो वस्तीका एक सय १० परिवारलाई ब्लाङकेट वितरण गरिए थियो ।





















