इटहरी । होटल एसोसियसन नेपाल हानको संयोजन तथा होटल व्यवसायी संघ इटहरीको आयोजनामा इटहरीमा ९६ घण्टे वेटर तथा वेटर्स तालिम सुरु भएको छ ।

इनसियोर नेपाल परियोजनाले आर्थिक सहयोग दक्ष वेटर तथा वेटर्स तयार पार्ने उद्धेश्यले तालिम आयोजना गरिएको हो ।

होटल ब्यवसायी संघ इटहरीका कार्यवाहक अध्यक्ष  जय प्रसाद उपाध्यायको अध्यक्षता तथा होटल एशोसियसन नेपाल हानका कोषाध्यक्ष युवराज श्रेष्ठको प्रमुख आतिथ्यमा तालिम उदघाटन गरिएको हो । 

इटहरीको होटल इन दुरिष्टको सभाहलमा सुरु भएको तालिमा सुनसरीका विभिन्न स्थानका २५ जना युवा युवतीहरुको सहभागिता रहेको छ ।WhatsApp Image 2023-12-13 at 11.03.36 (1)

 तालिममा युनिश दाहाल र  सागर गिरिले  सहजीकरण गरिरहेको  होटल ब्यवसायी संघका महासचिव आरोन कार्कीले जानकारी दिए  । 

उदघाटन कार्यक्रममा हानका कोशी प्रदेश अध्यक्ष  राजेन्द्र श्रेष्ठ , उपाध्यक्ष  भविष श्रेष्ठ , उधोग बाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुली लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।