इटहरी । इटहरी लेडी जेसिजको वर्ष २०२४को अध्यक्षमा इन्दिरा काफ्ले सर्वसम्मतले चयन भएकी छन ।

 वर्ष २०२३की महासचिव काफ्ले आगामी वर्ष २०२४का लागि सर्वसम्मतले एक वर्षे कार्यकालका लागि चयन भएकी हुन ।FB_IMG_1702376326015

त्यसै गरी इटहरी लेडी जेसिजको वर्ष २०२४का लागि  कार्यकारिणी उपाध्यक्षमा लक्ष्मी ढुंगाना, यमुना बुधाथोकी चयन भएका छन भने उपाध्यक्षमा रुबिना थापा ,शान्ती कटुवाल, बिमला पोख्रेल,  प्रकृति चौलागाईं र सचिवमा आशा गौतमलाई इटहरी लेडी जेसिजको अधिवेशनले निर्बिरोध रुपमा चयन गरेको हो । इटहरी लेडी जेसिजले इटहरी क्षेत्रमा महिलाहरुलाई नेतृत्व तथा व्यक्तित्व विकास क्षेत्रमा विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गर्ने गरेको छ भने विभिन्न सामाजिक कार्यमा समेत सक्रिय सहभागिता जनाउदै आएको छ ।