ईटहरी । नेपाली सेनाको सर्वज्ञदल गण ईटहरीको २०औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाईएको छ । 

उक्त कार्यक्रमका प्रमुख अतिथि सहायक रथी सुरज बाबा सुनुवार अवकाश प्राप्त हुनुहुन्थ्यो भने बिशिष्ट अतिथि पूर्वी पृतनापति उपरथी श्री आश बहादुर तामाङ पिएच.डि.

हुनुहुन्थ्यो । 

कार्यक्रममा सर्वज्ञदल गणका गणपति प्रमुख सेनानी विमल कुमार श्रेष्ठले गणको इतिहास सहित गणले गरेका बार्षिक गतिविधिहरुका बारेमा जानकारी गराउनु भएको थियो ।WhatsApp Image 2023-12-08 at 15.33.33 यसै अवसरमा प्रमुख अतिथिबाट गणका अवकास प्राप्त दोश्रो प्रमुख सुवेदारलाई सम्मान, खेलकुद प्रतियोगितमा प्रथम स्थान हासिल गर्ने गुल्म र बर्ष उत्कृष्ट जवानलाई पुरस्कार वितरण गर्नु भएको थियो भने बिशिष्ट अतिथिबाट गणको पहिलो स्मारिकाको बिमोचन भएको थियो ।

सोही अवसरमा आयोजित साँस्कृतिक कार्यक्रममा उक्त गणका कलाकारहरुले नेपालमा प्रचलित बिभिन्न सँस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए र सहभागि कलाकारहरुलाई पुरस्कृत समेत गरिएको थियो ।WhatsApp Image 2023-12-08 at 15.54.05 (1)

 कार्यक्रममा सशस्त्र प्रहरी बल बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेल , नागरिक समाज इटहरीका पुर्व अध्यक्षहरु सन्तवहादुर डुम्जन , राजु केसी , सामुदायिक सर्पदशं उपचार केन्द्र इटहरीका अध्यक्ष तथा इटहरी उपमहानगरपालिका प्रवक्ता दिवस पोखरेल , गोरखापत्र संस्थानका सञ्चालन समिति सदस्य सचिन पोखरेल , व्यवसायी बलराम आचार्य ,मुकुन्द भट्टराई लगायतका अतिथीहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।