संखुवसभा । संखुवासभा जिल्लाको भोटखोला ३ हटियामा रहेको प्राकृतिक रुपमै निस्कीएको तातोपानीमा नुहाउदा घाउखटिरा निको हुने विश्वासका साथ टाढाटाढा देखि पनि मानिसहरु नुहाउनका लागि आउने गरेका छन ।
भोटखोला गाउँपालिका वडा नम्बर ३ मा रहेको तातोपानीमा नुहाउदा ग्याष्ट्रिक देखि लिएर घाउखटिरा सम्म निको हुने विश्वासका साथ टाढाटाढा देखि मानिसहरु आउने गरेका हुन ।
ग्याष्ट्रिक देखि लिएर विभिन्न किसिमका घाउखटिराहरु तातोपानीमा नुहाउदा ठिक हुने गरेको स्थानीय युवा रिदर खाम्बा भोटेले वताए । उनले टाढाटाढा देखि पनि मानिसहरु तातोपानीमा नुहाउन आउने गरेको भएपनि बाटोको विकटताका कारण सास्ती भोग्नु परिरहेको भन्दै बाटो सहज वनाउने हो भने आन्तरिक तथा वाह्य पर्यटकहरु आकर्षित गर्न सकिने विश्वास गर्दछन ।
तातोपानी क्षेत्रमा पुग्ने बाटो सहज नभएको तथा भौतिक रुपमा समेत तातोपानीलाई संरक्षण गर्ने काममा स्थानीय ,प्रदेश तथा संघीय सरकारले समेत सहयोग गर्नु पर्नेमा तातोपानी संरक्षण समिति तथा स्थानीयहरुले माग गर्र्दै आएका छन ।
भताभुङ्ग अवस्थामा रहेको तातोपानीलाई व्यवस्थित वनाउने कामको थालनी तातोपानी संरक्षण समितिले गर्दै आएको भएपनि समितिले मात्र व्यवस्थित वनाउन नसक्ने भन्दै सरकारी स्तरबाट समेत सहयोग हुनु पर्ने समितिका सहसचिव छेदर भोटेले वताए । तातोपानी सम्म पुग्ने बाटो सहज वनाइनुका साथै आगन्तुकहरुलाई बस्ने ठाउँ समेत व्यवस्थित वनाउनु पर्ने अवस्था रहेको उनले जानकारी गराए ।
वाह्ैमास तातोपानी आइरहने तातोपानीमा नुहाउनका लागि हाल समितिले महिला पुरुषका लागि छुट्टाछुटै धारा वनाएपनि अन्य भौतिक संरचना सहित व्यवस्थित वनाउने कार्य नहुँदा साथै प्रचारप्रसारको अभावमा यो क्षेत्र ओझेलमा पर्दै आएको छ ।




















