इटहरी । द विहानी डान्स एण्ड इन्टरटेन्टमेन्टले आयोजना गरेको इटहरी डान्सिङ्ग आइडलको सिनियर तर्फ करिना गिरी र जुनियर तर्फ प्रिन्सा कुवरले उपाधि जितेका छन ।

   सिनियर तर्फ फाइनल राउण्डका ७ प्रतिस्पर्र्धी मध्ये ६ जनालाई पछि पार्दै करिनाले उपाधि जितेकी हुन भने जुनियर तर्फ १३जनाले फाइनलमा प्रतिस्पर्धा गरेकोमा १२ जनालाई पछि पार्दै प्रिन्साले उपाधि जितेकी हुन ।

इटहरी डान्सिङ्ग आइडलमा २सय जनाले अडिसन दिएपनि छनौट भएका ८८ जना विच विभिन्न चरणको प्रतिस्पर्धाबाट  २० जना फाइनल राउण्डका लागि छनौट भएका थिए । जस मध्ये सिनियर तर्फ ७ जना प्रतिस्पर्धी मध्ये करिना गिरी प्रथम , मनिस थापा द्धितीय र भुयस मिश्र तृतिय भएका थिए । त्यसै गरी जुनियर तर्फ प्रिन्सा कुवर प्रथम चाहाना राई द्धितिय र शेहेङ भुरुग तृतिय बन्न सफल भएका थिए ।vlcsnap-2023-12-07-15h48m29s539

   विहानी डान्स सेन्टरकी प्रनिसा उदासको संयोजकत्व तथा सस्थापक अध्यक्ष दिपक पोखरेलको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम आयोजना गरियो ।सो अवसरमा प्रथम हुने सिनियर तर्पmका विजेताहरुलाई क्रमशः प्रथम ,दोस्रो र तेस्रोलाई २०हजार ,१५हजार र १०हजार नगद सहित प्रमाण पत्रले पुरस्कृत गरियो ।

त्यसै गरी जुनियर तर्फ प्रथम ,दोस्रो र तेस्रो हुनेलाई क्रमशः १५ हजार , १०हजार र ५ हजार नगद सहित प्रमाण पत्रले पुरस्कृत गरियो । कार्यक्रममा राजु केसी , प्रदिप रेग्मी , गणेश दुलाल लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।