संखुवासभा । संखुवासभाको भोटखोला क्षेत्रका किसानहरुले लगाएको अलैंची गत वर्षको तुलनामा कम उत्पादन भएको छ । गत वर्षको तुलनामा अलैची उत्पादन कम भएपनि मुल्य भने राम्रो पाउदा किसानहरु एकातर्फ खुशि भएका छन भने अर्काे तर्फ बाटोको असहजताका कारण व्यापारीले तोकेको मुल्यमा विक्री गर्नु पर्दा भने दुखि बन्न पुगेका छन ।

    विकट पहाडी जिल्ला संखुवासभामा उत्पादित अलैचीले गत वर्षको तुलनामा मुल्य पाएपनि किसानहरु बाटोको विकटताका कारण अलौचिको मुल्य आफुहरुले राख्न नपाएको भन्दै गुनासो गर्दछन ।

    बाटोको विकटताका कारण सहज रुपमा आफुहरुले बजार सम्म पुर्याउन नसक्दा गाउँमै खरिद गर्न आउने व्यापारीले राखेको दाममा अलैंची बेच्नु पर्ने अवस्था रहेको किसानहरुले गुनासो गरेका हुन ।

  भोटखोला गाउँपालिका वडा नम्बर ५का किसान बलमान राई गतवर्षको तुलनामा यस वर्ष अलैंचिले मुल्य पाएको सुनाउछन । उनले बाटोको सहजता नभएका कारण खच्चडलाई बोकाएर गोला सम्म ल्याएर बेच्ने गरेको वताउदै उनले बाटोको कारणले गर्दा आफुहरुले उत्पादन गरेको अलैचिको मुल्य आफुहरुले राख्न नपाएर व्यापारीको मुल्यमा बेच्नु परिरहेको गुनासो गर्दछन ।

भोटखोला क्षेत्रमा गत वर्षको तुलनामा विभिन्न कारणले अलैचाको उत्पादनका कमि आएपनि मुल्य भने दोब्बर भएको व्यापारी धु्रवकुमार तामागं वताउछन । व्यापारी तामागं पनि बाटो सहज हुने हो भने ढुवानी गर्न सहज हुने देखि लिएर किसानले समेत बढी मुल्य पाउने वताउछन ।

अलैंचीलाई किराले साथै सुख्खायाममा अलैंचीको बोट मरेका कारण पनि उत्पादनमा हस आएपनि मुल्य पाएपछि भने किसानहरु हर्सित छन । तर बाटोको कारण भने मुल्यमा सम्झौता गर्नु पर्ने अवस्था रहेको किसानहरुको गुनासो रहेको छ । खादँवारी देखि किमाँथाका सम्मको बाटोको दुराबस्थाका कारण यस क्षेत्रको आवतजावतमा कठिनाइ हुदै आएको छ ।