इटहरी ।  २०औ महिला सामुदायिक स्वास्थ्य स्वयसेविका दिवसको अवसर पारेर इटहरी ६० वर्ष पुरा गरेका महिला सामुदायिक स्वास्थ्य स्व्यंसेविकाहरुलाई ससम्मान बिदाई गरेको छ ।

    लामो समय देखि स्वास्थ्य क्षेत्रमा उपमहानगरपालिका क्षेत्रमा सहयोग पुर्याउदै आएका २६ जना सामुदायिक महिला स्वयंसेविकाहरुलाई नगद १लाख सहित बिदाई गरिएको हो ।

 उपमहानगरपालिका उपप्रमुख संगिता कुमारी चौधरीको अध्यक्षता तथा नगरप्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा ६० वर्ष पुरा गरेका सामुदायिक महिला स्वयंसेविकाहरुलाई ससम्मान बिदाई गरियो।WhatsApp Image 2023-12-05 at 17.23.22

 कार्यक्रममा बोल्दै उपमहानगरपालिका प्रमुख पौडेलले स्वास्थ्य स्वयंसेविका कार्यक्रम लागु भए देखि निरन्तर सेवारत महिला स्वयंसेविकाहरुलाई उपमहानगरपालिकाको तर्फबाट सेवा अवधिका आधारमा प्रोत्साहन रकम उपलव्ध गराएको जानकारी गराए । इटहरी उपमहानगरपालिका क्षेत्रमा हाल १सय ३५जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुले सेवा प्रदान गर्दै आएका छन ।WhatsApp Image 2023-12-05 at 17.23.23 स्वयंसेविकाहरुको बिदाई कार्यक्रममा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता , सामाजिक विकास शाखाकी प्रमुख भोजकला दवाडी , वडा नम्बर ६का वडाध्यक्ष तथा उपमहानगरपालिका प्रवक्ता दिवस पोखरेल लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।