संखुवासभा । संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका वडा नम्बर ४ मा चित्राले घेरावार तथा छाएका घरहरुलाई जस्ता पातायुक्त वनाउने कार्यमा विदेशमा बसोवास गर्दै आएका मनकारीहरुले सहयोग गर्न थालेका छन ।
भोटखोला क्षेत्रमा चित्राले घेरवार गरेका तथा चित्रा ,प्लाष्टिक आदिले छाएका घरहरुलाई जस्तापाताले घेरावारा गर्ने देखि लिएर छाउने काममा स्थानीय समाजसेवी मिथुन भोटेको अगुवाईमा विदेशमा वसोवास गर्दै आएका दाताहरुको सहयोगमा घर बनाउदै आएका हुन ।
पहिलो चरणमा भोटखोला ४ क्षेत्रका ८ वडा घरहरुलाई जस्तापाताले घेरावारा देखि लिएर छाउने काम थालिएको र एउटा घरको काम सम्पन्न भएको समाजसेवी मिथुन भोटेले जानकारी गराए ।
८ वडा घरलाई चित्रा र प्लाष्टिक हटाएर जस्तापातायुक्त वनाउने काम अन्तरगत सीता राईको घर निर्माण सम्पन्न भएको छ । 
नयाँ घर पाएपछि विगतमा घरका कारण भोग्नु परेको दुख हट्ने भन्दै दातालाई सीताले धन्यवाद दिइकी छन ।
पहिलो चरणमा भोटखोला क्षेत्रका ८ घर निर्माणका लागि अमेरिकामा बस्दै आएका समाजसेवी आङ डी शेर्पाको पहलमा पेम्बा सेर्पा,छिरिङ सेर्पा,मिग्मा टि सेर्पा,तेन्जेन सेर्पा तेम्बा सेर्पाले प्रतिघर ५सय अमेरिकन डलर सहयोग पठाएको र नपुग आङ डी शेर्पाले नै उपलव्ध गराउने गरी घर मर्मत तथा पुन निर्माण गर्ने कार्य गरिदै आएको छ ।
यो क्षेत्रका विपन्न परिवारका मानिसहरु पुस्तौ देखि चित्रा,प्लाष्टिक ,खर आदिले घेरवार गरेका घरमा बस्दै आएका छन । पहिलो चरणमा जस्तापाता युक्त घर वनाउने सुचिमा परेका राजमान राई पानी झरीको समयमा धेरै समस्या भोग्दै आएको सुनाउदै यो दुखमा साथ दिएर घर वनाइदिन सहयोग गर्ने दातालाई भगवान समान मान्ने वताउछन ।
राजमान र सीता मात्र हैन जस्तापाताले घर मर्मत गरिने सुचिमा रहेका धनवहादुर राई लगायतले समेत घर निर्माणमा सहयोग गर्ने दाताहरुलाई मन देखि आभार प्रकट गरेका छन। सक्नेले नसक्नेलाई सहयोग गर्ने कार्यले पिछडामा परेका परिवारको जीवन यापनमा सहजता ल्याउने छ ।




















