इटहरी । पत्रकारिताका माध्यमबाट सामाजिक विकासका क्षेत्रमा योगदान पुर्याएको भन्दै सप्तकोशी टेलिभिजनका  सञ्चालक तथा एभिन्युज खवरका संवाददाता दिपक कार्की सहित ६ जनालाई  केवलमान बिष्ट प्रतिष्ठानले समम्मान गरेको छ ।

     ज्येष्ठ नागरीक समाज इटहरीका संस्थापक अध्यक्ष केवलमान बिष्टको ५ औं स्मृती दिवस तथा चौथो सम्मान कार्यक्रममा हाम्रा सञ्चालक कार्की लगायतलाई सम्मान गरिएको हो ।

 इटहरी स्थित चिया चौतारीमा केवलमान बिष्ट स्मृती प्रतिष्ठानले आयोजना गरेको सम्मान कार्यक्रममा हाम्रा सञ्चालक कार्की सहित खेलकुदका क्षेत्रमा योगदान पुर्याउने ममता राई, साहित्य क्षेत्रमा योगदान पुर्याउने गायत्री लम्साल, गीत संगीतमा योगदान गर्ने .सत्यनारायण चौधरी, समाजसेवामा योगदान गर्ने सामाजिक संस्था जिवन बिज्ञानका प्रदेश अध्याक्ष केदारमान कार्कीलाई कार्यक्रमका प्रमुख अतिथी कोशी  प्रदेशका मन्त्री कमल जबेगूले दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेका थिए ।20231202_123813 1

त्यसै गरी गत वर्ष सम्मानित भएका पत्रकार गणराज्य दैनिकका प्रधान सम्पादक पिवी दियालीलाई निरन्तरता पुरस्कारबाट यही वर्ष देखी विशेष सम्मानका रुपमा  नगद १५ हजार सहित दोसल्ला र सम्मान पत्रले सम्मान गरियो । कार्यक्रमका प्रमुख अतिथी मन्त्री जबेगुले विभिन्न विद्याबाट सामाजिक विकाशका क्षेत्रमा योगदान पुर्उयाउने व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्य प्रशंषा योग्य रहेको वताए ।20231202_123417

प्रतिष्ठानका अध्यक्ष रमेश कुमार बिष्टको भएका कार्यक्रममा वक्ताहरुले समाज रुपान्तरणका क्षेत्रमा केवलमान बिष्टले पुर्याएको योगदानको विषयमा चर्चा गरेका थिए । केवलमान विष्ट प्रतिष्ठानले हाल सम्म २१ जनालाई सम्मान गरिसकेको जनाउदै आगामी वर्ष देखि  स्वर्गिय आमाको नाम समेत जोडेर केवलमान,जलपादेवी बिष्ट प्रतिष्ठानले कार्यक्रम गर्ने प्रतिष्ठानका महासचिव केशब कुमार विष्टले घोषणा गरे ।

  कार्यक्रममा जेष्ठ नागरिक समाजका अध्यक्ष खगेन्द्र निरौला,नागरिक समाजका पुर्व अध्यक्ष राजु केसी, केवलमान बिष्ट स्मृती प्रतिष्ठानका उपाध्यक्ष इश्वार बिष्ट,सचिव शैलेस कुमार बिष्ट लगायतका अतीथीहरुको सहभागिता रहेको थियो ।