सुन्दरहरैचा । लौगिंक हिंसा विरुद्धको १६ दिने अभियान जारी रहेको समयमा मोरङको सुन्दरैचामा पनि अन्तरक्रियाको आयोजना गरिएको छ ।
लौगिंक हिंसा अन्त्यको सुनिश्चितता,महिला र बालवालिक लगानिमा ऐक्यवद्द्ता भन्ने मुल नाराका साथ लौगिंक हिंसा बिरुद्धको १६ दिने अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३ को आयोजना र महिला अधिकारका लागि राष्ट्रिय अभियान र महिला मानब रक्षक संजालको सहकार्यमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रम वडा सदस्य पुर्णमाया लिम्बुको अध्यक्षता तथा नगर उपप्रमुख अकली चौधरीको प्रमुख आथित्यमा भएको थियो ।
अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सबै खाले लौगिंक हिंसा अन्तका आआफनो क्षेत्रबाट लाग्नु पर्नेमा जोड दिइएको थियो। ग्रामिण क्षेत्रलाई लक्षित गरी वडा नम्बर ३को रेडक्रस चोकमा कार्यक्रम आयोजना गरिएको महिला अधिकारको लागि राष्ट्रिय अभियान सुन्दरहरैचाकी अध्यक्ष सावित्रा सिवाकोटीले जानकारी गराइन ।
अन्तरक्रिया कार्यक्रममा नगरपालिका सामाजिक शाखा प्रमुख शान्ता घिमिरे, सामाजिक अभियान्ता रुद्रबहादुर तामाङ , पिछडा वर्गमा पर्ने झागड समुदायका महिलाहरु , विभिन्न संघ संस्था लगायतका एक सय वढीको कार्यक्रममा सहभागिता रहेको थियो ।




















