इटहरी । केही महिना अघि जंगली हात्तीले घर भत्काई दिएकी इटहरी उपमहानगरपालिका वडा नम्बर २की लक्ष्मी राई लिम्बुलाई दुई कोठाको घर बनाएर नेपाल तरुण दल  सुनसरीले हस्तान्तरण गरेको छ ।

 साना तीन जना बालबच्चा सहित बस्दै आएको घर हात्तीले भत्काइ दिएपछि विचल्नीमा परेकी लक्ष्मीको परिवारका लागि नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुगंका अगुवाईमा घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।

हात्तीले घर भत्काइ दिएकी लक्ष्मीलाई तरुण दलको तर्फबाट ६लाख बढीको खर्चमा दुई कोठाको घर बनाएर हस्तान्तरण गरिएको नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुगंले जानकारी गराए ।vlcsnap-2023-11-28-15h44m17s083

उनले लक्ष्मीको घर निर्माण विभिन्न व्यक्तिहरुले सहयोग गरेको र सहयोग गर्नेहरुलाई आभार प्रकट गरे ।

हात्ती घर भत्काएपछि खुल्ला ठाउँमा बस्दै आएको समयमा पक्का घर बनादिएकोमा नेपाल तरुण दल सुनसरीका सभापति गुरुगंको लक्ष्मीले खुलेर प्रशंषा गरेकी छन ।WhatsApp Image 2023-11-28 at 16.41.55

उनले दुख पाएकाहरुलाई यस प्रकारको सहयोग गर्ने गुरुङ आफुहरुका लागि सरकार जतिकै भए वताइन ।

लक्ष्मीको परिवारका लागि घर वनाउने काममा विभिन्न व्यक्तिहरुले सहयोग उपलव्ध गराएको वताइएको छ ।