इटहरी । महिलाहरुको व्यक्तित्व तथा नेतृत्व विकासका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउदै इटहरी लेडी जेसिजले आफनो २२औं स्थापना दिवस एक कार्यक्रमको आयोजना गरि मनाएको छ ।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीकी मुख्य सञ्चालिका शारदा दिदीको प्रमुख आतिथ्य तथा इटहरी लेडी जेसिजकी वर्ष २०२३की अध्यक्ष सुमित्रा भट्टराईको अध्यक्षतामा स्थापना दिवस मनाइएको हो ।
स्थापना दिवसका अवसरमा विगत देखि नै सफल संघषशील महिलालाई सम्मान गर्दै आएको झै यस वर्ष पनि एकल तथा संघषशिल महिला इटहरी उपमहानगरपालिका वडा नम्बर ४की सिता श्रेष्ठ गौतमलाई नगद सहित सम्मान गरियो ।
त्यसै गरी पत्रकारिताका माध्यमबाट सामाजिक विकासका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै हाम्रा सामाचार प्रमुख कृष्ण भट्टराई जुनेलीलाई समेत सम्मान गरियो ।
सम्मानितहरुलाई कार्यक्रमकी प्रमुख अतिथी शारदा दिदी लगायतले दोसल्ला ओढाएर नगद सहित प्रमाण पत्रले सम्मान गरेका थिए । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पुर्व अध्यक्षहरुलाई समेत सम्मान गरियो ।
स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमका वक्ता पुर्व अध्यक्षहरुले विगत देखि हालको अवस्थामा संस्थालाई ल्याइपुर्याउदाका दिनहरुको स्मरण आफनै भवनमा निर्माण गर्न सफल भएको समेत उल्लेख गरेका थिए । कार्यक्रममा स्थापक अध्यक्ष मिना भण्डारी , पुर्व अध्यक्ष बालिका खड्का भट्टराई लगायतले बोलेका थिए ।
इटहरी क्षेत्रमा शिक्षा ,स्वास्थ्य , लगायतका सामाजिक कार्यमा समेत सक्रिय सहभागिता जनाउदै आएको इटहरी लेडी जेसिजमा आवद्ध महिलाहरु विभिन्न क्षेत्रमा नेतृत्वदायि भुमिकामा रहदै आएका छन ।
कार्यक्रममा पुर्व अध्यक्षहरु जानुका भट्टराई , उर्मिला कटुवाल, गिता अधिकारी पौडेल , भेषजा काफ्ले , मिनु न्यौपाने , अम्बीका श्रेष्ठ , गिता सुबेदी , इटहरी जेसिजका अध्यक्ष सुमन सुवेदी लगायतका छिमेकी शाखाका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।




















