इटहरी ।  सामाजिक सुरक्षा कोषमा योगदानका आधारमा मुलुककै सबै भन्दा बढी योगदान गरेको भन्दै सुनसरीको सोनापुरमा सञ्चालित अरिहन्त मल्टि फाइबर्स लिमिटेड सम्मानित भएको छ ।

    गत आर्थिक वर्ष २०७९ ,०८०मा सामाजिक सुरक्षा कोषमा सुचिकृत रोजगारदाताहरु मध्ये सबै भन्दा धेरै कामदार संख्या भएको आधारमा कोषको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालले अरिहन्त मल्टिफाइबर्सका सञ्चालक राजकुमार गोल्छालाई प्रशंषा पत्र प्रदान गरेका हुन ।

     विगत ३१ वर्ष देखि सुनसरीको दुहबी नगरपालिकाको सोनापुरमा सञ्चालन हुदै आएको अरिहन्त मल्टिफाइबर्समा ४२ सय श्रमिक कार्यरत छन्। प्रशंषा पत्र ग्रहण गर्दै उद्योग सञ्चालक गोल्छाले आफनो हजुरबुबा रामलाल गोल्छाको सपना पुरा गर्ने क्रममा सम्मानित हुन पाउदा हर्सित भएको वताए । WhatsApp Image 2023-11-27 at 18.20.34

प्रशंषा पत्र वितरण कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी, सामाजिक सुरक्षा कोष सञ्चालक समितिका अध्यक्ष केवलप्रसाद भण्डारी र कार्यकारी निर्देशक कविराज अधिकारीको पनि उपस्थिति रहेको  थियो ।

मुलुकमै धेरै मानिसहरुलाई रोजगारी प्रदान गर्ने उद्योग मध्येमा पर्ने अरिहन्तमा काम गर्ने कामदारहरु मध्ये  ४० प्रतिशत भन्दा बढी महिला रहेको  उद्योगका प्रमुख कार्यकारी अधिकृत गोविन्द बजगाईंले जानकारी दिए । WhatsApp Image 2023-11-27 at 18.20.36

बजगाईंका अनुसार उद्योगको उत्पादन क्षमता   दैनिक ८५ मेट्रिक टन रहेको छ भने अरिहन्तका सबै कामदारहरु सामाजिक सुरक्षा कोषमा आबद्ध रहेको जनाइएको छ  । 

अरिहन्तले बर्सेनि ५ सय करोड भन्दा बढी मूल्यका जुटका सामग्रीको निर्यात गरिरहेको छ । 

बोरा सुतली रहवासियन कपडाको उत्पादन गर्दै आएको उद्योगले गत वर्षदेखि जुटका सोपिङ ब्याग र लेनो कपडाको पनि उत्पादन सुरु गरेको छ ।