इटहरी । इटहरी उपमहानगरपालिकामा कार्यरत तथा नव नियुक्त नगरप्रहरीहरुको कार्य दक्षता अभिवृद्धिमा जोड दिदै ३५ दिने तालिम सुरुवात गरिएको छ ।

    विगत देखि कार्यरत ६ जना साथै नयाँ नियुक्ती पाएका विभिन्न पदका ३० जना  नगरप्रहरीहरुका लागि तालिम सुरु गरिएको हो ।

  इलाका प्रहरी कार्यालय इटहरीले तालिममा सहयोग पुर्याउने गरी सञ्चालन गरिएको तालिमको उद्घाटन इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले नगरप्रहरीको पोशाक तालिमको संयोजन गरेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीलाई हस्तान्तरण गरेर गरेका थिए। सो क्रममा नगरप्रमुख पौडेलले नगरका नागरिकहरुको सुरक्षा गर्ने कार्यमा नगरप्रहरीको भुमिका महत्वपुर्ण हुने वताए ।IMG_20231127_105058

इटहरी उपमहानगरपालिकाले करिव एक वर्ष अघि देखि नगरप्रहरी नियुक्तीका लागि परिक्षा लिएपनि विभिन्न कारणले नियुक्त हुन सकिरहेको थिएन भने हालै सो परिक्षाबाट छनौट भएका नयाँ दुई जना नगरप्रहरीका सई ,४ जना नगरप्रहरी हबल्दार , २४ जना नगरप्रहरी र कार्यरत ६ जना गरी कुल ३६ जना नगरप्रहरी तालिममा सहभागी रहेका छन । IMG_20231127_103524तालिम उदघाटनका क्रममा इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले सुरक्षाकर्मीका रुपमा नगरप्रहरीले काम गर्दा आफुहरुलाई समेत सहयोग पुग्ने र नगरवासीले सुरक्षाको प्रत्याभुती गर्न सक्ने विश्वास व्यक्त गरे ।

तालिममा सहभागी नगरप्रहरीहरुलाई इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक शम्भु बस्नेत नेतृत्वको प्रहरी टोलीले प्रशिक्षण दिने जनाइयो । उदघाटन कार्यक्रम परिक्षा सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक फाल्गुणी काफ्लेको अध्यक्षतामा भएको थियो भने  उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता , वडा नम्बर ६का वडाध्यक्ष तथा नगरका प्रवक्ता दिवस पोखरेल , वडा नम्बर १का वडाध्यक्ष रतन कार्की पदपुर्ति समितिका सदस्य सचिव संजिव खड्का लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।