इटहरी । पौराणिक धार्मिक नदी वृद्ध गंगाको तटमा विगत ३४ वर्ष देखि मनाउदै आइएको श्रद्धा र निष्ठाको पर्व  छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको  छ ।  कार्तिक शुक्ल चर्तुदसी देखि सप्तमी चार दिन सम्म मनाइने छठ पर्वको तयारी  अन्तिम चरणमा पुगेको जनाइएको हो । 

सुनसरी र मोरगं जिल्लालाई छोड्ने पुर्व पश्चिम राजमार्गसंगैको वृद्ध गंगाा नदि तटमा समानता र एकताको पर्वको रुपमा  छठपर्व मनाउनेहरुको संख्या दिनप्रतिदिन वढी रहेको छ ।  IMG_20231116_093122

सुनसरीको इटहरी उपमहानगरपालिका र मोरगंको सुन्दरहरैचा नगरपालिका तर्फका भक्तजनहरुले अस्थायी रुपमा घाट वनाएर विगत देखि नै  मनाउदै आएको र वर्षेनी भक्तजनहरु थपी रहेको तर्फ मध्यनजर गर्दै स्थायी घाट निर्माण सहित प्रदेश धार्मिक तथा पर्यटन स्थल वनाउन दुवै पालिकाहरुलाई अभिभावकत्व ग्रहण गर्न आफुहरुले आग्रह गर्दै आएको छैठ पर्व सेवा समिति इटहरीका अध्यक्ष मनोज चौधरीले वताए ।

वृद्ध गंगा नदिको पवित्रताले गर्दा पनि छठ पर्व गर्नेहरुको संख्या हरेक वर्ष बढी रहेको र पछिल्लो समयमा पहाडी समुदायका श्रद्धालु भक्तजनहरुको संख्या समेत उल्लेखनिय रुपमा वढ्दै आएको उपाध्यक्ष बासुदेव कर्णले जानकारी दिए । IMG_20231116_093130

 सुर्य देवताको  उपसना गरी मनाइने छठ पर्व केही वर्ष यता देखि तराईका जिल्लाहरुमा विशेष पर्वको रुपमा मनाउन थालीएको छ । सुरुका वर्षहरुमा मैथली समुदायका केही मानिसहरुले मात्र मनाउने गरेका थिए भने पछिल्ला वर्षहरुमा पहाडी समुदायमा पनि व्रत बस्ने पुजा गर्नेहरुको संख्या वढी रहेको छ ।  उदाउदो सुर्य र अस्ताउदो सुर्यको  उपसना सहित अर्घ दिएर गरीने पुजाको विशेष महत्व रहने गरेको छ । छठको व्रत पारिवारिक सुखशान्ति र चिर्ताएको पुरा हुने बस्ने गरिन्छ ।

 कार्तिक शुक्ल चर्तुदसी देखि सप्तमी चार दिन सम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुले नुहाएर चोखिएर शाहाकारी भोजन गरी व्रत प्रारम्भ गर्दछ । दोस्रो दिनलाई खरना भनिन्छ यो दिन गोवरले लिपपोत गरी व्रतालुले गोप्य रुपमा पुजा गर्ने गर्दछन । व्रतालु पुजामा व्यस्त रहेको समयमा आफन्त तथा श्रदालुहरु वाहिर पर्खि वस्दछन । पुजापछि व्रतालु आफुले प्रसाद ग्रहण गरी अरुलाई प्रसाद वाड्ने गरिन्छ । तेस्रो दिन अस्ताउदो सुर्यलाई अर्घ दिने र चौथो दिन अर्थात समापनको दिन विहान उदाउदो सुर्यलाई विधिवत रुपमा अर्घ दिएर छठ मनाउने परम्परा रहेको छ । छैठ पर्वको अवसरमा  सुनसरीको इटहरी उपमहानगरपालिका तथा मोरगंको सुन्दरहरैचा नगरपालिकाको संगमस्थल वुढी खोला किनारामा मनाइने छठ पर्वका लागि इटहरीको राधा कृष्ण शिव मन्दिरबाट भोली शोभा यात्रा निकालिएको भएको छ । छठ विशेष गरी नदी , खोला तथा जलाशयहरुको किनारमा पुजा स्थल वनाएर सुर्य देवताको उपसना सहित अर्घ दिने गरिन्छ ।  छठ पुजाका लागि दशै समाप्त भए लगतै देखि स्थान छनौट गर्ने कार्य सुरु गरिन्छ । यस वर्ष वृद्ध गंगा नदि तटमा मनाइने  छठपर्वका लागि ५ सय पुजा घाट निर्माण गरिएको र तयारी अन्तिम चरणमा पुगेको समेत पत्रकार सम्मेलन गरेर छैठ पर्व सेवा समिति इटहरीले जनाएको छ । पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली ,  इटहरी उपमहानगरपालिका वडा नम्बर ९का वडाध्यक्ष जितेन्द्र थापा , सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५का वडाध्यक्ष गणेश चौधरी ,छैठ पर्व सेवा समितिका पुर्व अध्यक्षहरु राजु राय, बासुदेव साह , सुन्दर बलिया टोल विकास समितिकी भीमकुमारी ढकाल लगायतका अतिथीहरु समेतको सहभागिता रहेको थियो ।