धनकुटा । यस पटक तिहारलाई लक्षित गरी लगाइएका व्यवसायिक फूल राम्ररी फुलेपछि धनकुटा कागतेका किसानहरु फूलले मुल्य नपाएको गुनासो गरेका छन ।
विगत लामो समय देखि सयपत्री र मखमली फूलको व्यवसायिक खेती गर्दै आएका किसानहरु विगतका वर्षहरुमा फूल कम फुल्ने र मुल्य राम्रो पाउने गरेकोमा यस वर्ष सवै तिर फूल फुलेका कारण मुल्य घट्ने अनुमान गरिएको हो ।
तिहार लागि सक्दा समेत फुल खोजी गर्दै व्यापारीहरु नआएको कारण यस पटक सबै तिर फूल राम्ररी फूलेकाले व्यापारीहरु नआएको किसानहरु गुनासो गर्दछन । विगतका वर्षहरुमा फूल विक्री गरेर राम्रो आम्दानी गर्दै आएको भएपनि यसपटक फुलको मुल्य कस्तो हुने हो भनेर भन्न सकिने अवस्था नरहेको धनकुटा नगरपालिका वडा नम्वर ३ पात्लेका किसान भक्तबहादुर कार्की वताए।
उनले भाउ लागेको समयमा चार रोपनीबाट १ लाख सम्म आम्दानी हुने गरेको सुनाए ।
विगत १२ , १५ वर्ष देखि व्यवसायिक फूल खेती गर्दै आएका सोही ठाउँका कमल कार्की भारतीय फूल नल्याइए नेपाली फूलले मुल्य पाउने वताए ।
तिहार लाग्नु केही समयमा पहिले देखि नै किसानको बारीमै फूल खोजी गर्दै व्यापारीहरु विगतमा पुग्ने गरेपनि यस वर्ष धेरै फूल फुलेका कारण किसानले नै व्यापारी खोज्नु परिरहेको अर्का किसान डिल्ली कार्की वताउछन ।
भारतीय फूलहरुले विगत देखि नै नेपाली पूmलको बजार विस्थापन गर्दै आइरहेको छ । यस पटक तिहार कातिकको अन्तिममा परको कारण समेत व्यवसायिक रुपमा नेपालीहरुले लगाएका तथा आफनै प्रयोगका लागि लगाएकाहरु समेत राम्ररी फुलेका कारण पनि फूलको मुल्य कमी हुने अनुमान गरिएको छ ।




















