इटहरी । लामो समय देखि भाडाको घरबाट सेवा दिदै आएको यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमती पत्र इटहरीले तिहारको विदापछि आफनै भवनबाट सेवा प्रदान गर्ने भएको छ ।
भाडाको घरबाट सेवा दिदै आएको यातायात कार्यालय इटहरीले समयसमयमा ठाँउ सार्दै भाडाको घरबाट सेवा प्रदान गर्दै आएकोमा अव भने इटहरी उपमहानगरपालिका वडा न १०मा निर्माण गरिएको आफनै भवनबाट सेवा प्रवाह गर्ने भएको हो ।
भवन निर्माण सम्पन्न भएर आफनै भवनबाट सेवा सञ्चालनका लागि कार्यालय सार्न गत विहीबार र शुक्रवार विदा दिएर तिहारको विदापछि आफनै भवनबाट सेवा प्रवाह गर्ने तयारी भई रहेको कार्यालयका सुचना अधिकारी रमेशप्रसाद दाहालले वताए । उनले आफनै भवनबाट सेवा प्रदान गर्दा पहिलेको तुलनामा सहज हुने समेत जानकारी गराए ।
पहिले व्यक्तिगत तथा व्यवयाकि प्रयोगजनका लागि वनाइएका घरहरु भाडामा लिएर कार्यालय सञ्चालन गर्दा सानो ठाउँ भएर अलि असजिलो हुदै आएकोमा आफनो भवनबाट ठुलो ठाउँबाट सेवा लिदा सेवाग्राहीहरुलाई समेत सहज हुने अनुमान गरिएको छ ।




















