विराटनगर । स्वास्थ्य निर्देशनालय धनकुटाको आयोजनामा दिगो विकास लक्ष्य प्राप्तिका लागि कोशी प्रदेश सरकारको स्वास्थ्य सम्बन्धी रणनितिक प्राथमिकता विषयक समुह छलफल विराटनगरमा बुधबार सम्पन्न भएको छ ।
उक्त छलफलमा सरोकारवाला निकायहरूले दिगो विकास लक्ष्यका लागि प्रतिवद्दता जनाउनु भएको छ ।
स्वास्थ्यका सुचांक शुन्य डोज, छुट खोप पुरा गराई पुर्ण खोप सुनिच्चितता तथा दिगोपना कायम गर्ने प्रकृया र खोप कोल्डेचेनको सबै तहमा गुणस्तर कायम, गर्भवती, सुत्केरी सेवाको सुदृढीकरण, स्वास्थ्य विमा कार्यक्रम, एम्बुलेन्स व्यावस्थापनमा समस्या रहेकाले प्रत्येक एम्बुलेन्समा जिपिएस जडान गर्ने, एम्बुलेन्स बेथिति भएकाले आगामि दिनमा सहकारी, पालिका, अस्पतालले खरिद गर्न नपाउने छलफलका क्रममा डाक्टर कृष्ण प्रसाद पोखरेलको भनाई छ ।
अस्पतालबाट प्रवाह हुने सेवाहरूको गुणस्तर सहज प्रवाह र न्युनतम सेवा मापदण्ड बमोजिम स्वास्थ्य संस्थाले गर्न सक्ने रचनात्मक कार्य, स्वास्थ्य सेवा कार्यक्रमको तथ्यांक गुणस्तरता, ईहेल्थको चुनौती र समाधान, मातृ तथा नवशिशु मृत्युको न्युनिकरणका उपाय, कोशी प्रदेशमा कालाजार उन्मुलन, दादुरा, मलेरीया, एचआईभी निवारण, क्षयरोगको अन्त्य र नसर्र्ने रोगको न्युनिकरण सुनिश्च्चितता तथा दिगोपनकालागि अपनाउनु पर्ने रणनीति, स्वास्थ्य (आपूर्ति व्यावस्थापन प्रणालीको चुनौती र समाधानको उपाय लगायतका विषयमा फेक्ट नेपाल रिसव कार्यक्रमका प्रमुख फिल्ड संयोजक कैलास खाकि श्रेष्ठले छलफलमा शहजीकरण गरेको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका स्वास्थ्य निर्देशक ज्ञान बहादुर वस्नेतले जानकारी दिनुभयो ।
उक्त छलफलमा कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सचिव डाक्टर सुधा देवकोटा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निति तथा योजना महाशाखा प्रमुख डाक्टर कृष्ण प्रसाद पौडेल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कोविद् ढकाल, जनस्वास्थ्य विद् डाक्टर नवराज सुब्बा, कोशी प्रदेश नगरपालिका संघका अध्यक्ष तथा वेलवारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राई, योजना आयोगका सचिव कमल थापा, लगायतको सहभागिता रहेको थियो ।




















