इटहरी । बीपी कोइरालाको कथा शत्रु इटहरीको तायारिप्ची भवनमा मञ्चन गरिएको छ ।

एकीकृत सरकारी कर्मचारी संगठन नेपालको संयोजन तथा कलालय इटहरीको आयोजनामा शत्रु कथालाई नाटकीय रुपमा प्रस्तुत गरिएको हो ।

 कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीको परिकल्पना , प्रज्वल पराजुलीको निर्देशन तथा सुगम दुलालको नाट्करणमा बीपी कोइरालाको शत्रु मञ्चन गरिएको थियो । IMG_20231103_204418शत्रु कथालाई कलाकारहरुले जीवन्त रुपमा प्रस्तुत गरिरहेको नाटक शत्रु भोली पनि मञ्चन गरिने जनाइएको छ । एकीकृत सरकारी कर्मचारी संगठन नेपालले कला क्षेत्रको विकासमा योगदान पुर्याउने उद्धेश्यले मञ्चन गरिएको शत्रु टिकट काटेर हेर्नका लागि टाढाटाढा देखि पनि मानिसहरु आएको र भोली सम्ममा १हजार जनाले हेर्ने अनुमान गरिएको महासचिव प्रकास राईले जानकारी दिए ।

 कलालय इटहरीले दक्ष कलाकारहरु तयार पार्ने उद्धेश्यले विभिन्न समयमा स्कुल थ्रिएटर , होम थ्रिएटर लगायतका अभियनसंग सम्वन्धीत नाटक प्रस्तुती करण साथै नाट्क कक्षाहरु समेत सञ्चालन गर्दै आएको छ ।