इटहरी । विश्व किवानिस वान डे को अवसर पारेर सुनसरीको इटहरीमा पनि बृक्षारोपण तथा बाल बालिका संग मनाइएको छ । 

     किवानिस क्लव अफ इटहरीले इटहरी उपमहानगरपालिका वडा नम्बर ८मा रहेको सेतो गुराँस स्कुल परिसरमा बृक्षारोपण सहित बालबालिकाहरुलाई जुत्ता साथै खानेकुरा बितरण गरी  खेलकुदमा सहभागी गराएर किवानिस डे मनाइएको हो । vlcsnap-2023-10-30-17h44m37s761

   किवानिस क्लव अफ इटहरीकि अध्यक्ष मनिता तामाङको अध्यक्षता भएको बृक्षारोपण लगायतका विविध कार्यक्रममा किवानिस क्लव अफ इटहरीकी श्रद्धा बिष्ट पराजुली , सुहम फेवा लिम्बु ,मणि मोक्तान लगायतका अतिथिहरुको सहभागितामा वितरण गरिएको थियो ।WhatsApp Image 2023-10-29 at 19.42.31

 सो कार्यक्रममा  स्थानीय दलित तथा पिछडा बर्गका बहुसंख्यक बालबालिकाहरुको सहभागिता रहेको थियो । किवानिस क्लवले समय समयमा विभिन्न सामाजिक कार्यका साथै बालबालिकाहरुलाई शिक्षा स्वास्थ्य लगायतमा सहयोग पुर्याउदै आएको छ ।